close

अनलाइन कक्षाका लागि गूगलले एकैपटक सार्वजनिक गर्‍यो ५० नयाँ फिचर

टेकपाना टेकपाना

साउन २८, २०७७ २१:३६

अनलाइन कक्षाका लागि गूगलले एकैपटक सार्वजनिक गर्‍यो ५० नयाँ फिचर

काठमाडौं । कोरोनाभाइरसका कारण कार्यालय मात्र नभएर  स्कूलहरू समेत घरबाटै चलिरहेका छन् । अर्थात बालबालिकाहरु अनलाइन कक्षाको मद्दतले घरमै बसेर अध्ययन गरिरहेका छन् । 

यस्तो अवस्थामा गूगलका धेरै एपहरू सहयोगी साबित भइरहेका छन् । यही बेला गूगलले बालबालिकाहरुको शिक्षालाई थप सुविधाजनक बनाउन ‘द एनिह्वेर स्कूल‘ नामक नयाँ पहल थालेको छ । 

जसमा प्रयोगकर्ताहरूले एक वा दुई होइन, ५० वटा नयाँ फिचर प्राप्त गर्नेछन् । गूगल मीट, गूगल क्लासरुम, जी स्वीट र गूगलका अन्य प्लेटफर्महरूमा यी फिचरको लाभ उठाउन सकिनेछ ।

आफ्नो ब्लगमार्फत जानकारी दिँदै गूगलले भनेको छ, ‘शैक्षिक क्षेत्रले विद्यार्थीलाई सिकाउने र सहयोग गर्ने आफ्नो प्रतिबद्धतामा कुनै कमी आउन दिएको छैन ।

यस्तोमा गूगलले यस्ता टूलहरूमा काम गरेको छ, जसले शिक्षक, स्कूलका सञ्चालक, परिवारजन, र विशेष गरी विद्यार्थीहरूको भारलाई हलुका बनाउनेछन्, जो घरमा बसेकाे अवस्थामा धेरै नयाँ चिजहरू सिक्न चाहन्छन् ।’

‘आज विश्वभरका शिक्षकहरूले आफ्नो अनलाइन अभ्यासलाई निकै बलियो सुदृढ तुल्याएका छन् । हामी उनीहरूका लागि नयाँ शैक्षिक परिदृश्यमा बढ्दो आवश्यकताहरू पुरा गर्न हाम्रा उपकरणहरू ल्याउँदैछौं ।

यस वर्ष बालबालिकाहरू र शिक्षकहरूले कुनै पनि समयमा स्कूलको अनुभव प्राप्त गर्न सक्नेछन् । हामी गूगलको यो सुविधा संसारभरका २५० भन्दा बढी देशहरुमा एकसाथ ल्याउँदै छौं। ‘

गूगलले नयाँ कन्ट्रोल पनि जारी गर्नेछ, ताकि प्रयोगकर्ताले पहिलो वा अन्तिम मिटिङहरुमा सहभागी हुन, ईन-मीटिंग च्याटलाई रोक्न र अनेक चिज छनौट गर्न सकुन् । आउँदो अक्टुबरमा अतिरिक्त गोपनीयताका लागि मीटमा कस्टम समेत सार्वजनिक गरिने गूगलले जनाएको छ ।

गूगलले सुरू गरेको ‘द एनिह्वेयर स्कूल’ को सहयोगमा बालबालिका तथा विद्यार्थीहरुले शिक्षाको बोझ समेत झेल्नुपर्ने छैन । कम्पनीले चाँडै ब्रेकआउट रुम र अटेण्डेन्स ट्र्याकिङ समेत ल्याउनेछ ।

गूगलको यो नयाँ पहलमा प्रयोगकर्ताको सुविधाका लागि अन्य ५० वटा नयाँ सुविधाहरू छन् । जसले गूगल क्लासरुम, मीट, जी स्वीट आदि प्लेटफर्मलाई यस अघिको तुलनामा थप सुरक्षित र भरपर्दो बनाउनेछन् ।

यसमा शिक्षकहरूले विद्यार्थीहरुका लागि कक्षाको लिङ्क शेयर गर्न सक्नेछन् । जसले बालबालिकाहरुलाई कक्षामा सहभागी हुन सजिलो बनाउनेछ ।

यस बाहेक गूगल क्लासरुम थप १० वटा अतिरिक्त भाषाका साथ कुल ५४ भाषामा उपलब्ध हुनेछ । त्यस्तै, गूगलले कक्षा बाहिरको उपयोगीताका लागि पनि नयाँ प्रडक्ट सार्वजनिक गरेको छ । जसलाई असाइनमेन्ट्स नाम दिइएको छ ।

जुन लर्निङ म्यानेजमेन्ट सिस्टम (एलएमएस) को एप्लिकेसन हो । यसले शिक्षकलाई विद्यार्थीको कार्य विभाजन गर्न, विश्लेषण गर्न, ग्रेड छुट्याउन एउटा छिटो र सजिलो तरिका प्रदान गर्नेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०