close

बालबालिकाका लागि कारखानाको ‘मेकर एण्ड इनोभेटर मन्थ’, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

साउन ३१, २०७७ १४:४०

बालबालिकाका लागि कारखानाको  ‘मेकर एण्ड इनोभेटर मन्थ’, यसरी हुनुहोस् सहभागी

काठमाडौं । बालबालिकालाई विज्ञान र प्रविधि प्रयोग गर्ने रचनात्मक तरिका देखाउँदै र बनाउँदै आधुनिक शैलीमा पढ्न सिकाउने शैक्षिक संस्था कारखाना” ले आउँदो भदाै महिनालाई ‘कारखाना मेकर एण्ड इनोभेटर मन्थ’ को रुपमा मनाउने भएको छ ।

स्टिम एजुकेसन (विज्ञान, प्रविधि, इन्जिनियरिङ, गणित शिक्षा) को क्षेत्रमा काम गर्दै आइरहेको कारखानाले युवा निर्माता तथा अन्वेषकहरुलाई सराहनास्वरुप उनीहरुको परियोजनाको फिचर गर्ने भएको हो ।

यसरी गरिएका फिचर भदाै १ देखि ३१ गतेसम्म कारखानाले दैनिक रुपमा आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा राख्नेछ । उक्त फिचर इभेन्टको मिडिया पार्टनरको रुपमा रहेको टेकपानामा समेत प्रकाशित हुनेछ ।

कक्षा १ देखि कक्षा १० सम्म अध्ययनरत बालबालिकाहरुले आफ्नो काम र परियोजनाहरुलाई कारखानाको ईमेल ठेगाना [email protected] मा पठाउन सक्नेछन् ।

‘हामीले यसको लागि कुनै ठूलै वैज्ञानिक आविष्कार अथवा जटिल उपकरण हेर्न खोजेका होइनौं, हामी त बस् नानीबाबुहरुको साँचो प्रयास हेर्न चाहन्छौं , साँचो सिकाइ हेर्न चाहन्छौं , यस्तो प्रयास हेर्न चाहन्छौं जसले केही समस्याको समाधान गर्न खोजेको होस्,’ कम्पनीले जारी गरेकाे सूचनामा उल्लेख छ ।

इच्छुकहरुले कुनै पनि जटिल, सपन्न भइसकेका नवीन परियोजना वा उपकरण पठाउन नपर्ने कारखानाले बताएको छ ।  

कुनै पनि समस्याको समाधान गर्न सक्ने सिकाई वा प्रयासहरु भने पठाउन मिल्नेछ । कारखानाको मेकिङ एण्ड इनोभेसन मन्थमा सहभागी बन्न इच्छुकहरुले यहाँ क्लिक गरी फारम भर्नुपर्नेछ ।  

साथै ९८०१८८८८२४,९८०२०७१६२५,९८०७२२७११० मा सम्पर्क गरी थप जानकारीसमेत लिन सकिन्छ ।

त्यस्तै हरेक साता एक जना युवा आविष्कारकको फिचर समेटिने छ । जसमा पहिलो साताका लागि पाइला टेक्नोलोजीका संस्थापक विनय राउतको कथा प्रकाशित हुने छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०