close

सहज रुपमा इन्टरनेट सेवा दिन क्लासिक टेकले सञ्चालनमा ल्यायो ‘क्लासिक सेन्टर’

टेकपाना टेकपाना

भदौ १, २०७७ १३:३१

सहज रुपमा इन्टरनेट सेवा दिन क्लासिक टेकले सञ्चालनमा ल्यायो ‘क्लासिक सेन्टर’

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकले ललितपुरको ठैबमा ‘क्लासिक सेन्टर’ सञ्चालनमा ल्याएको छ । उक्त स्थानमा रहेका आफ्ना ग्राहकलाई सहज रुपमा इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यका साथ कम्पनीले सेन्टर सञ्चालनमा ल्याएको हो ।

पछिल्लो समय आफ्नो सेवा विस्तारमा काम गरिरहेको क्लासिक टेकले याे सेन्टरमार्फत् इन्टरनेट सेवा विस्तार र ग्राहकलाई छिटोछरितो मर्मत सेवा प्रदान गर्ने जनाएको छ ।

कम्पनीका अनुसार यसै साताभित्र भक्तपुरको गठ्ठाघरमा रहेको शाखाका लागि सुर्यविनायक र काभ्रेको बनेपामा रहेको शाखाका लागि पनौतीमा पनि क्लासिक सेन्टर सञ्चालनमा आउने छ ।

त्यस्तै विराटनगरमा रहेको शाखाका लागि रानी मिल्स र पुष्पलाल चोक, धरानमा रहेको शाखाको लागि लक्ष्मीचोक र पानमारा, इटहरीको शाखाका लागि झुम्कामा यसै साता क्लासिक सेन्टर सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०