close

कोभिडबारे गलत सूचना त शेयर गर्दै हुनुहुन्न ? अब फेसबुकले दिनेछ यस्तो चेतावनी

टेकपाना टेकपाना

भदौ १, २०७७ १६:५१

कोभिडबारे गलत सूचना त शेयर गर्दै हुनुहुन्न ? अब फेसबुकले दिनेछ यस्तो चेतावनी

काठमाडाैं । सामाजिक सञ्जाल फेसबुक पछिल्लो समय सूचनाको एउटा प्रमुख माध्यम बन्दै गएको छ । फेसबुकमै विभिन्न माध्यमबाट आएका सूचना शेयर भइरहेका हुन्छन । त्यसमध्ये कतिपय सही हुन्छन् भने कतिपय गलत हुन्छन् ।

सही सूचना भएको खण्डमा त त्यसले सही नै सन्देश प्रवाह गर्छ । तर यदि गलत छ भने नकारात्मक असर पार्न सक्छ । अघिल्लो हप्तामात्रै सामाजिक सञ्जालमा आएका भ्रामक सूचनाका कारण ८ जनाले ज्यान गुमाउनु परेको तथ्य सार्वजनिक भएको थियो ।

त्यसैले पनि यस्ता विषयमा सोच्न आवश्यक छ । अझ अहिले कोरोना महामारीको समयमा त अझ बढी संवेदनशील हुन जरूरी छ ।

त्यसैले पनि फेसबुकले गलत सूचना शेयर गर्नबाट रोक्न नयाँ कदम चालेको छ । यसअघि तीन महिनाभन्दा पुराना सूचना शेयर गर्दा चेतावनी दिने व्यवस्था गरेको फेसबुकले अब भने कोरोनासँग सम्बन्धित सूचना शेयर गर्दासमेत चेतावनी दिने भएको छ ।

यसको अर्थ यदि तपाईंले कोरोनासँग सम्बन्धित सूचना शेयर गर्दै हुनुहुन्छ भने शेयर गर्नुपहिले तपाईंलाई उसले यो सूचना कोरोनासँग सम्बन्धित छ भनी जानकारी दिन्छ । त्यो हुँदा यदि गतल छ भने प्रयोगकर्ताले आफैँ सचेत भएर शेयर गर्ने/नगर्ने भन्ने खालको मनशाय बनाउन सक्ने उल्लेख गरिएको छ ।

साथै उक्त नोटिफिकेशन स्क्रीनमा सूचना पहिलोपटक कहिले सार्वजनिक भएको हो भन्ने जानकारी पनि सँगै दिने उल्लेख गरिएको छ । यसले सूचना पुरानो हो भने शेयर गर्न प्रयोगकर्तालाई निरुत्साहित गर्ने उल्लेख गरिएको छ ।

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०