close

एन्ड्रोइड ११ मा डिफल्ट क्यामेराको रुपमा थर्ड पार्टी एप राख्न नपाइने

टेकपाना टेकपाना

भदौ ३, २०७७ १७:१०

एन्ड्रोइड ११ मा डिफल्ट क्यामेराको रुपमा थर्ड पार्टी एप राख्न नपाइने

काठमाडाैं । हामी कतिपयले मोबाइलमा ब्यूटी प्लस, क्यामेरा ३६० जस्ता एपलाई डिफल्ट क्यामेराको रुपमा प्रयाेग गरिरहेको हुन्छौं । मोबाइलमा रहेको ईनबिल्ट क्यामेरामा भन्दा त्यस्ता थर्ड पार्टी एपहरुमा विभिन्न फिचर उपलब्ध हुने भएकाले पनि यस्ता एपको प्रयोग भइरहेको हो ।

अब भने त्यस्ता एप प्रयोगकर्तालाई एन्ड्रोइड ११ ले दु:खको खबर दिएको छ । यसको अर्थ एन्ड्रोइड ११ मा अब त्यस्ता एपलाई डिफल्ट क्यामेराको प्रयोग गर्न नपाउने उल्लेख गरिएको छ ।

यसअघि प्रयोगकर्ताले थर्ड पार्टी एप डाउनलोड गरेर त्यसैलाई सबै ठाउँमा प्रयोग गर्न सकिने व्यवस्था रहेको थियो । तर अब भने यो सिस्टम उपलब्ध नभएको भनी गूगलले जानकारी दिएको छ ।

प्रयोगकर्ताको गोपनीयता र सुरक्षालाई मध्यनजर गर्दै यस्तो खालको सिस्टम बनाइएको कम्पनीले जनाएको छ । तर, सँगै खुसीको कुरा यो पनि छ कि यो सबै ठाउँमा लागू हुनेछैन ।

तपाईं रेडइट, गूगल कीप, फेसबुक, इन्स्टाग्राम, ट्वीटरलगायतका सोसल मिडिया चलाउँदै हुनुहुन्छ र त्यसमा फोटो अपलोड गर्नुपर्‍यो भने क्यामेरा अप्सनमा आफूलाई मनपर्ने क्यामेरा एप छनोट गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०