close

सेल पेमार्फत सेल्सबेरीका सामानको भुक्तानी गर्दा १५ प्रतिशत छूट

टेकपाना टेकपाना

भदौ ४, २०७७ १२:१९

सेल पेमार्फत सेल्सबेरीका सामानको भुक्तानी गर्दा १५ प्रतिशत छूट

काठमाडौं । सेल्सबेरी डिपार्टमेन्टल स्टोरमा सामान किन्दै हुनुहुन्छ भने ‘सेल पे’ प्रयाेग गर्दा १५ प्रतिशतसम्म छूट प्राप्त गर्न सकिने भएको छ । त्यसका लागि सेल पे र सेल्सबेरीबीच हालै सहकार्य भएको हो ।

उक्त सहकार्य अन्तर्गत सेल पेका प्रयोगकर्ताले सेल पेको एप प्रयोग गरी सामानको भुक्तानी गर्दा १५ प्रतिशतसम्म तथा बढीमा पाँच सय रुपैयाँसम्मको छूट पाउनेछन् ।

कम्पनीका अनुसार यो अफर सेल्सबेरीका देशभर रहेका २३ वटै आउटलेटमा लागू हुनेछ । ग्राहकले सेल पेबाट स्क्यानका साथै सोझै भुक्तानीसमेत गर्न सक्नेछन् ।

त्यसका लागि सेल पेको एपमा रहेको ‘पे मर्चेन्ट’ अप्सनमा क्लिक गरी पेमन्ट गर्न सकिन्छ । त्यसमा क्यूआर कोड स्क्यान र पेमेन्ट दुवै अप्सन दिइएको छ ।

यो अफर कात्तिक ३० गतेसम्म लागु हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३