close

इन्स्टाग्राममा आयो क्यूआर कोड, थर्ड पार्टी एपबाट समेत स्क्यान गर्न मिल्ने

टेकपाना टेकपाना

भदौ ४, २०७७ १८:२१

इन्स्टाग्राममा आयो क्यूआर कोड, थर्ड पार्टी एपबाट समेत स्क्यान गर्न मिल्ने

काठमाडौं । इन्स्टाग्रामले मोबाइल एपमा भर्खरैमात्र नयाँ फिचरको रुपमा क्यूआर कोड थप गरेको छ । यससँगै इन्स्टाग्रामका प्रयोगकर्ताले आफ्नो इन्स्टाको क्यूआरकोड तयार पार्न सक्नेछन् ।

कुनै पनि थर्ड पार्टी स्क्यानरमार्फत यस्तो क्यूआर स्क्यान गरी प्रोफाइल हेर्न सकिने छ । यो सुविधा इन्स्टाग्रामका सबै प्रयोगकर्तालाई उपलब्ध भएको हो ।

यसअघि कम्पनीले यसको सुरुवात जापानबाट गरेको थियो । जापानमा गरिएको परीक्षणबाट आएको प्रतिक्रियालाई मध्यनजर गर्दै यो सुविधा विश्वभरका प्रयोगकर्तामाझ ल्याइएको कम्पनीले जनाएको छ ।

यसको उद्देश्य विजनेश हाउसले आफ्नो इन्स्टाको क्यूआर कोड प्रिन्ट गरी राख्न सकुन भन्ने हो । ता कि उक्त कम्पनीका प्रयोगकर्ताले सहजै कम्पनीको इन्स्टाग्राम अकाउण्टमा पहुँच पाउन सक्नेछन् ।

व्यक्तिगत अकाउण्टको हकमा एक अर्कोको अकाउण्ट फलो गर्न र हेर्न सहज हुने विश्वास कम्पनीले लिएको छ ।

यो नयाँ सुविधा प्रयोग गर्नका लागि प्रयोगकर्ताले इन्स्टाको सेटिङमा गएर क्यूआर कोड भन्ने अप्सनमा क्लिक गर्नुपर्ने छ । त्यसमा क्लिक गर्दा तपाईंको इन्स्टा अकाउण्टको क्यूआर निर्माण हुनेछ ।

उक्त क्यूआर सेभ गरेर राख्न अथवा शेयर गर्न समेत सकिनेछ । यसअघि कम्पनीले ‘नेमट्याग’ नामक फिचर जारी गरेको थियो ।

जुन क्यूआर कोड जस्तै इन्टरनल सिस्टम थियो । यसलाई इन्स्टाकै क्यामेराबाट मात्रै स्क्यान गर्न सकिने सुविधा रहेको थियो । जसलाई कम्पनीले असफल भएको भन्दै धेरै यस अघि नै बन्द गरिसकेको छ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३