close

कत्तिको उपयोगी छ विन्डोज टेनको भीपीएन क्लाइन्ट ?

टेकपाना टेकपाना

भदौ ७, २०७७ १८:२३

कत्तिको उपयोगी छ विन्डोज टेनको भीपीएन क्लाइन्ट ?

काठमाडौं । विण्डोज टेनको आफ्नै भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) क्लाइन्ट छ भनेर धेरै मानिसहरुलाई थाहा छैन । विण्डोज टेनको भीपीएन प्रयोग गरिरहँदा त्यसमा केही पावन्दी पनि छन् । आज हामी तपाईंलाई विण्डोज टेनको यो भीपीएन कत्तिकाे उपयाेगी छ भन्नेबारे जानकारी दिँदै छौं । 

छुट्टै भीपीएन नेटवर्कको आवश्यकता 

विण्डोज टेनको भीपीएन क्लाइन्टबारे तपाईंले थाहा पाउनैपर्ने एउटा महत्वपूर्ण कुरा भनेको वास्तवमा यो कुनै डेडिकेटेड भीपीएन सेवा हाेइन । हामीले तेस्राे पक्षका भीपीएन सेवा प्रदायकबाट पाउनेजस्तो सेवा यसमा पाउन सकिन्न ।

विण्डोजले प्रयोगकर्तालाई सुरक्षित सर्भर नेटवर्कमा एक्सेस दिँदैन । वास्तवमा विण्डोजको डेस्कटपमा रहेको यो बिल्ट-ईन टूलले प्रयोगकर्तलाई तेस्रो पक्षीय भीपीएन नेटवर्कसँग जोड्न मात्र सहयोग गर्दछ । 

तपाईंले माइक्रोसफ्टको भीपीएन क्लाइन्ट प्रयोग गरेपनि अर्को डेडिकेटेड भीपीएन सर्भिस पनि सब्सक्राइब गर्नैपर्छ । विण्डोजको यो भीपीएनले तपाईंको नेटवर्कलाई सुरक्षा दिन सक्दैन । 

भीपीएन कनेक्सन प्रोफाइल

नेटवर्क आफ्नो ठाउँमा भइसकेपछि विण्डोज टेन क्लाइन्ट प्रयोग गर्न खासै ठूलो समस्या हुन्न । यो प्रयोग गर्न प्रयोगकर्ताले कनेक्सन प्रोफाइल सेटअप गर्नुपर्छ । प्रत्यक कनेक्सन प्रोफाइलमा एउटा सर्भर एड्रेस र एउटा कनेक्सन प्रोटोकल हुन्छ । 

यो तरिका तपाईंले प्रयोग गर्नुभयो भने प्रत्येक सेसनमा सोही एक वा दुईंवटा सर्भरसँग कनेक्ट हुन सक्नुहुन्छ । तर यसको विपरित उत्कृष्ट विण्डोज टेन भीपीएन सेवा प्रदायकहरुको डेस्कटप एपले प्रयोगकर्ताको नेटवर्कलाई उपलब्ध ब्याण्डविथको आधारमा छिटो चल्ने सर्भरमा आफैँ रुट गरिदिन्छ ।

विण्डोज भीपीएनमा उपलब्ध सयौं कनेक्सनकाे सट्टा अगाडि नै कन्फिगर भइसकेका थोरै कनेक्सन प्रोफाइल मात्र प्रयोगकर्ताले पाउन सक्छन् । 

यो अधिकांश अवस्थामा ठीक हुन्छ । तर यदि तपाईंले फायर ग्रेटवाल ब्राउजरमा सुरक्षित रहन चाइना भीपीएन र स्ट्रिमिङ क्षमता बढाउन नेटफ्लिक्स भीपीएन प्रयोग गर्दै हुनुहुन्छ भने विण्डोजमा कनेक्सन भएको प्रि-कन्फिगर सर्भरले सबै समय राम्रो काम नगर्न सक्छ ।

यस्तो अवस्थामा तपाईंले विण्डोजमा अर्को कनेक्सन प्रोफाइल सेटअप गर्न सक्नुहुन्छ । यसको लागि १० मिनेटभन्दा लामो समय लाग्दैन । त्यसपछि तपाईंको भीपीएन सेवा प्रदायकको डेस्कटप सफ्टवेयरबाट अर्को सर्भरमा जोडिन ३० सेकेण्ड लाग्छ । 

कतिको राम्रो हुन्छ बिल्ट-ईन विण्डोज टेन भीपीएन ?

विण्डोज टेनकाे बिल्ट-ईन भीपीएन क्लाइन्ट एउटा रोचक विषय हो । तर प्रयोगकर्ताले प्रयोग गर्दै आइरहेको भीपीएन सब्सक्रिप्सनलाई नै हटाउन भने यसले कसैलाई सुझाव दिँदैन । 

विण्डोजले प्रदान गर्ने भनेको कनेक्सन क्लाइन्ट मात्र हो यसले भित्री सर्भर नेटवर्क प्रदान गर्दैन । यति गरिसकेपछि पनि तपाईंले उत्कृष्ट भीपीएन सेवा प्रदायकहरुबाट सेवा लिनैपर्छ ।

हरेक भीपीएन सेवा प्रदायकहरुले तपाईंलाई डेस्कटप एप प्रदान गर्दछ, जुन प्रयोग गर्न एकदमै सजिलो छ । यसका लागि पनि तपाईंले प्रत्येक सर्भर कनेक्सनका लागि प्रोफाइल सेटअप गर्नुपर्छ ।

एजेन्सीकाे सहयाेगमा ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३