close

क्यामेरालाई यसरी बनाउनुहोस् ५ मिनेटमै हाई क्वालिटी वेबक्याम

टेकपाना टेकपाना

भदौ ९, २०७७ १८:४५

क्यामेरालाई यसरी बनाउनुहोस् ५ मिनेटमै हाई क्वालिटी वेबक्याम

काठमाडौं । काेभिड-१९ पछि वेब क्यामेराको अत्याधिक प्रयाेग भइरहेकाे छ । विश्वभरी नै अनलाइन कक्षा, भिडियाे कन्फ्रेन्स वा भिडियाे च्याटमा लामाे समय बिताउने मानिसहरूकाे संख्या बढ्दाे छ ।

अधिकांशले ल्यापटपको न्यून गुणस्तरको वेबक्याम प्रयोग गर्छन् । तर यदि तपाईसँग उच्च गुणस्तरको क्यामेरा छ भने सानो सफ्टवेयरकै सहयोगमा तपाईंले लोभलाग्दो भिजुअल क्वालिटी दिने वेबक्याम पाउन सक्नुहुन्छ । 

आफूसँग भएको डीएसएलआर वा मिररलेस क्यामेरालाई कम्प्युटरमा राखेर वेब क्यामकाे रुपमा प्रयोग गर्नुभयो भने यसले अभूतपूर्ण काम गर्दछ ।

यसका लागि तपाईंले क्याप्चर कार्ड वा डोंगल किन्न सक्नुहुन्छ, जसले क्यामेरा सिग्नललाई एचडीएमआईमा बदल्छ । साथै वेबक्यामका लागि क्यामेरा तथा ओपरेटिङ सिस्टममा पनि सफ्टवेयर सोल्युसनहरु पाउन सकिन्छ ।

तर नयाँ क्यामेरा लिएर, त्यसलाई कम्प्युटरमा प्लगईन गर्दैमा त्यो वेब क्याम बन्न सक्दैन । क्यानोन, फुजीफिल्म तथा पानासोनिकका क्यामेराहरुमा फ्री वेबक्याम फिचर पाउन सकिन्छ ।

तर निकोन, सोनी र ओल्मपसजस्ता क्यामेरालाई वेबक्याम बनाउन तपाईंले मूल्य तिर्नुपर्छ वा वाटरमार्क प्रयोग गर्नुपर्छ ।

आज हामी तपाईंलाई विभिन्न किसिमका क्यामेराहरुलाई कसरी वेबक्याम प्रयोग गर्ने भनेर सिकाउने छौं । 

१. क्यानोन: ईओएस वेबक्याम युटिलिटी

क्यानोनले केही महिनाअघि मात्र नयाँ सफ्टवेयर सार्वजनिक गरेको छ । याे सफ्टवेयरले विण्डोज र एप्पल दुवै कम्पनीका कम्प्युटरहरुलाई सपोर्ट गर्दछ । उक्त ईओएस वेबक्याम युटिलिटी सफ्टवेयरसम्बन्धी अतिरिक्त विवरण र ट्युटोरल यहाँ छ ।  

तीन/चार वर्ष पुराना सबै क्यामेराहरुमा यसले राम्रो काम गर्न सक्छ । यो सफ्टवेयर यहाँबाट डाउनलोड गर्नुहोस् । 

२. फुजीफिल्म: एक्स वेबक्याम

फुजीफिल्मको सोलुसन सजिलो छैन । यो सीमित छ । यसले चल्तीको मोडल हन्ड्रेस सिरिजलाई सपोर्ट गर्दैन । तर यदि तपाईंसँग कम्पनीको नयाँ इन्टरचेन्जेबल लेन्स बडी र विण्डोज टेन छ भने तपाईं भाग्यमानी हुनुहुन्छ ।

अब सफ्टवेयर इन्स्टल गर्नुहोस् र सामान्य युएसबी केबलको मद्दतबाट क्यामेरालाई कम्प्युटरसँग जोड्नुहोस् ।

यस सफ्टवेयरले एक्स-टी टू, एक्स-टी थ्री, एक्स-टी फोर, एक्स-प्रो टू, एक्स-प्रो थ्री, एक्स-एचवान, जीएफएक्स हन्ड्रेड र जीएफएक्स फिफ्टी आर र जीएफएक्स फिफ्टी एसलाई सपोर्ट गर्दछ । अब मिडियम फर्म्याट सेटअपमा जानुहोस् ।

यो सफ्टवेयर डाउनलोड गर्न यहाँ जानुहोस् । 

यस्तै म्याक कम्प्युटरका लागि भने क्यासकेबल उपयोगी सफ्टवेयर हो । यो वायर तथा वायरलेस दुवै कनेक्सनका लागि उपयुक्त छ र फुजीको आफ्नै सफ्टवेयरले भन्दा धेरै फिचर यसले प्रदान गर्दछ ।

तर यो नि:शुल्क उपलब्ध छैन । हाल यसका लागि वार्षिक ३० डलर तिर्नुपर्छ । 

३. पानासोनिक: ल्युमीक्स टेथर 

पानासोनिकले ल्युमीक्स टिथेर विण्डोज एपको वेबक्याम क्यापेबल भर्सल ल्याएको छ । वेबक्यामका लागि यो एकदमै राम्रो प्याकेज हो ।

यसले पानासोनिकको जीएच फाइभ, जी नाइन, जीएच फाइभ एस, एसवान, एसवानआर र एसवानएच सबैलाई सपोर्ट गर्दछ । ओबीएस अर्थात् ओपन ब्रोडकास्टर सफ्टवेयरजस्ता स्ट्रिमिङ सफ्टवेयरलाई कसरी प्रयोग गर्ने भनेर कम्पनीले भिडियो पनि पोस्ट गरेको छ । 

यस्तै क्यासकेबलको एपले पानासोनिकका विभिन्न क्यामेराहरुमा आफ्नै आधिकारिक एपको तुलनामा राम्रो काम गर्छ । 

४. सोनी 

तपाईं सोनी क्यामेरा प्रयोग गर्नुहुन्छ भने क्यामेरालाई वेबक्याममा बदल्ने कुनै पनि आधिकारिक सफ्टवेयर सोनीसँग छैन । यदि तपाईं सोनीको क्यामेरालाई वेबक्यामको रुपमा प्रयोग गर्न चाहनुहुन्छ भने अन्य थर्ड पार्टी अप्सनको साहारा लिनुहोस् ।

हालै मात्र साेनीले आफ्ना ग्राहकहरुका लागि नयाँ सफ्टवेयर ल्याएकाे छ ।

विण्डोजमा सोनी रिमोट प्रयोग गर्ने उपाय छ । यसले तस्वीरलाई पक्रेर स्ट्रिमिङ सफ्टवेयरमा हाइज्याक गर्दछ । यो एउटा उपयोगी उपाय हो । 

यसअन्तर्गत म्याक कम्प्युटरका लागि क्यासकेबल राम्रो विकल्प हो । यसले एनईएक्स सिरिजदेखि आरएक्स हन्ड्रेड थ्रीसम्मलाई सपोर्ट गर्दछ । ईक्याम लाइभ मा पनि सोनीका लागि एकदमै सीमित कम्प्याटीबिलिटी छ ।

यसले पछिल्ला नयाँ मोडललाई मात्र सपोर्ट गर्दछ । यसको मूल्य प्रतिमहिना १२ डलर रहेको छ । तर यसमा तपाईंले नि:शुल्क ट्रयाल सुविधा पाउनुहुन्छ ।

५. ओलम्पस

विण्डोजका लागि ओलम्पससँग पनि कुनै आधिकारिक सपोर्टिङ सफ्टवेयर छैन । तर तपाईंले टेथरिङ सफ्टवेयर प्रयोग गरेर लाइभ भ्यू इमेज संकलन गरी त्यसलाई स्ट्रिमिङ सफ्टवेयरमा फरवार्ड गर्न सक्नुहुन्छ ।

म्याकमा भने क्यासकेबलले ओलम्पसका क्यामेरालाई पनि सपोर्ट गर्दछ । ईक्याम लाइभले समेत ओलम्पसका नयाँ क्यामेरा बडीहरु ई-एम वान सेकेण्ड, थर्ड र एक्सलाई सपोर्ट गर्दछ ।

साथै ई एम फाइभ ओरिजिनल र एमके सेकेण्डलाई पनि सपोर्ट गर्दछ । तर यसले पीईएन सिरिजलाई भने सपोर्ट गर्न सक्दैन । 

६. निकोन

निकोनका क्यामेरालाई प्रयोग गरेर भिडियो स्ट्रिमिङ गराउन निकोनले हालै एउटा सहयोगी पेज प्रकाशित गरेको छ । निकोन आफैले कहिले पनि वेब क्याम सपोर्टका लागि सफ्टवेयर विकास गर्दैन । उसले उक्त पेजमार्फत थर्ड पार्टी प्रोग्रामहरु प्रयोग गर्न सुझाव दिएको छ । 

निकोनका क्यामेराहरुमा म्याकमा काम गर्नका लागि क्यासकेबल र विण्डोजनका लागि स्पार्को क्याम पहिले देखि प्रयोग हुँदै आएको छ । 

वेब क्याम प्रयोग गर्दा यी कुरामा ध्यान दिनुहोस्:

यसमा आउने सम्भावित समस्या भनेको तापको हो । विशेषत: क्यामेराहरु स्टील फोटो लिनका लागि बनाइएका हुन्छन् । यसरी लामो समयका लागि वेबक्यामको रुपमा प्रयोग गरेर चलाइरहँदा यो तात्न थाल्छ । यसरी क्यामेरा धेरै तातेर बन्द हुने स्थितिमा नै पुग्छ । 

यसको सबैभन्दा राम्रो उपाय भनेको पावर एडप्टरसँग डम्मी ब्याट्री प्रयोग गर्नु हाे । यसले क्यामेरालाई अत्याधिक तातिनबाट जोगाउँछ । 

यस्तै क्यामेरामा फोटोजस्तो अडियो राम्रो हुँदैन । अत्यावश्यक भिडियो काम गरिरहेकाहरुले बाहिरी माइक प्रयोग गर्ने गर्छन् ।

क्यामेरालाई भिडियो वेबक्यामको रुपमा प्रयोग गरिरहँदा क्यामेरामा अटोफोकसले छिटो र सही तरिकाले काम गरिरहेको छ वा छैन ध्यान दिनुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३