close

तपाईंलाई मीठो निन्द्रामा लिन हुन अब गूगलले नै सघाउनेछ

टेकपाना टेकपाना

भदौ १२, २०७७ २२:१०

तपाईंलाई मीठो निन्द्रामा लिन हुन अब गूगलले नै सघाउनेछ

काठमाडौं । अहिलेको समयमा धेरैजसो प्रयोगकर्तालाई स्मार्टफोनको यतिधेरै लत लागिसकेको छ कि कति समय स्मार्टफोन हेरियो भन्ने कुराको पत्तै हुँदैन । स्क्रीन टाइम धेरै हुँदा यसको असर आँखाका साथै स्वास्थ्यमा समेत पर्न सक्छ ।

तर अब एण्ड्रोइड प्रयोगकर्ताका लागि गूगलले बेडटाइम डिजिटल वेलबिङ फीचर ल्याएको छ । जुन एन्ड्रोइड सिक्स वा त्यस यताका भर्सनमा काम गर्नेछ । यसका लागि गूगलले बेड टाइम ट्याबलाई क्लक एपमा उपलब्ध गराउनेछ ।

यो फीचरको मुख्य विशेषता के छ भने यसले तपाईंको निन्द्रालाई सुधार्नुका साथै खासगरी रातको समयमा स्क्रीन टाइमलाई ट्र्याक गर्न सहयोग गर्नेछ । यद्यपी यो फीचर सुरुवाती समयमा गूगल पिक्सेल फोनका लागि मात्र उपलब्ध हुनेछ ।

अन्य प्रयोगकर्तालाई समेत छिट्टै उपलब्ध हुने बताइएको छ । यसले बेडटाइमका लागि प्रयोगकर्तालाई रिमाइण्ड गराउने काम गर्छ ।

अब स्क्रीन टाइम व्यवस्थापन गर्न सकिने

गूगल ब्लग पोस्टमा उल्लेख भएअनुसार क्लक एपमा आउने बेडटाइम ट्याबको सहयोगमा प्रयोगकर्तालाई बिहानको समयमा उठ्न समेत सघाउ पुर्‍याउनेछ ।

यसका लागि प्रयोगकर्ताले डिजिटल वेलबिङको सहयोगमा बिहानका लागि अलार्म सेट गर्न सक्नेछन् र यसमा हलुका किसिमको म्यूजिक राख्न सक्ने सुविधा पनि छ । जसले तपाईंका लागि राम्रो दिनको सुरुवात गर्नेछ ।

यो फीचरको अर्को महत्वपूर्ण पाटो के छ भने बेड टाइम भएपछि यसले फोनको स्क्रीनलाई डीम गर्न सुरु गर्छ र फोनमा आउने नोटिफिकेसन, ईमेल र म्यासेज समेत पज हुन्छन् ता कि तपाईं मीठो निन्द्राका लिन हुन सक्नुहोस् ।

यदि तपाईंले नाइट साउण्ड सेट गर्नुभएको छ भने त्यो पनि प्ले हुनेछ । यस बाहेक यसमा कयौं अन्य उपयोगी फीचर समेत छन् । उदाहरणको लागि तपाईं रातको समयमा आफ्नो फोनलाई ग्रे स्केल मोडमा बदल्न पनि सक्नुहुन्छ र नोटिफिकेसनपछि बन्द गर्न डू नट डिस्टर्ब मोडका लागि प्रयोग गर्न समेत सक्नुहुनेछ ।

यसबाहेक प्रयोगकर्ताले रातको समयमा स्क्रीन टाइम ट्र्याक गर्न सक्नेछन् । यसबाट स्क्रीन टाइम व्यवस्थापन गर्न सहयोग पुग्नेछ । तपाईंको फोनमा डिजिटल वेलबिङ फीचर यस अघि नै इन्स्टल छ भने यो फीचर अन गर्न तपाईंले सेटिङमा गएर बेड टाइम मोडलाई इनेबल गर्नुपर्ने हुन्छ ।

यस बाहेक लक एपमा गएर पनि यो फिचर अन गर्न तथा सेड्युल गर्न सकिनेछ । यदि स्मार्टफोनले गर्दा रातमा राम्रोसँग सुत्न सक्नुहुन्न भने तपाईंले यो फीचर प्रयोग गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०