close

आफ्नो स्मार्टफोन पूर्ण सुरक्षित राख्न चाहनुहुन्छ ? अपनाउनुहोस् यी टिप्स

टेकपाना टेकपाना

भदौ १३, २०७७ ७:१

आफ्नो स्मार्टफोन पूर्ण सुरक्षित राख्न चाहनुहुन्छ ? अपनाउनुहोस् यी टिप्स

काठमाडौं । कोभिड १९ का कारण अहिले धेरैजसो मानिसहरुले वर्क फ्रम होम (घरबाटै कार्यालयको काम गर्ने) अपनाइरहेका छन् । अफिससँग सम्पर्कमा रहन यो समयमा स्मार्टफोनले निकै ठूलो भूमिका निर्वाह गरिरहेको छ ।

कन्फ्रेन्स कल होस् वा ईमेल, स्मार्टफोन नै तपाईंको महत्वपूर्ण साथी बनेको छ । यस्तोमा तपाईंको फोन भन्नका लागि मात्र स्मार्ट होइन कि साच्चिकै स्मार्ट हुन जरुरी हुन्छ ।

फोनमा यस्ता तमाम किसिमका तथ्याङ्क एवम् जानकारी हुन्छन्, जो एकदमै संवेदनशील अर्थ राख्छन् । जस्तै बैंक खाताको जानकारी, डिजिटल वालेट, तपाईंका व्यक्तिगत फोटो आदि ।

तपाईंका यस्ता व्यक्तिगत तथा गोप्य जानकारीमा कसैको नराम्रो नजर लागोस् भनेर तपाईं कहिल्यै चाहनुहुन्न । त्यसो हो भने यसका लागि के गर्ने ? ता कि यस्ता डेटाहरु एकदमै सुरक्षित राख्न सकियोस् र गलत व्यक्तिको हातमा जानबाट रोक्न सकियोस् ।

यसका लागि तपाईंलाई केही साधारण टिप्स अपनाउनुपर्ने हुन्छ । जसले तपाईंको स्मार्टफोनलाई सुपर प्रूफ यानि कि एकदमै सुरक्षित बनाउनेछ ।

बलियो पासकोड तथा पासवर्ड राख्नुहोस्

सबैभन्दा पहिले तपाईंले केही प्राइभेसी तथा सेक्युरिटी फीचरलाई ध्यान दिन एकदमै जरुरी हुन्छ । यदि तपाईं आफ्नो स्मार्टफोनमा पासवर्ड वा पिन प्रयोग गरिरहनुभएको छैन भने ठान्नुहोस्, तपाईंको फोनमा निकै भयंकर किसिमको खतरा मडराइरहेको छ ।

केवल फोनको लागि मात्र होइन, सोसल मिडिया एप, बैंकिङ एपका लागि समेत पासवर्ड हुन आवश्यक छ ।  साथै एउटा कुरा सधैं ध्यानमा राख्नुहोस्, जुन एप  तपाईं प्रयोग गर्नुहुन्न, त्यसलाई लग अफ गरेर राख्नुहोस् । यदि तपाईंले यसो गर्नु भयो भने कोही दोस्रो व्यक्तिले यी एपमा निशाना लगाउन पाउने छैन ।

सफ्टवेयरलाई नियमित अपडेट गर्नुहोस्

सामान्यतया मानिसहरु फोनमा आउने सफ्टवेयर अपडेटलाई नजरअन्दाज गरिरहेका हुन्छन् वा पछिका लागि भनेर पञ्छाइरहेका हुन्छन् ।

तर तपाईंको यो आदतले फोनको सेक्युरिटी (सुरक्षा) लाई कमजोर बनाइरहेको हुन सक्छ । कम्पनीहरुले सफ्टवेयर अपडेटको माध्यमबाट फोनको सेक्युरिटीसँग जोडिएका समस्या तथा बगलाई हटाउन कोसिस गरिरहेका हुन्छन् ।

आईओएस वा एण्ड्रोइड, जुनसुकै भए पनि स्मार्टफोनको सफ्टवेयर अपडेट गर्दा मालवेयरको खतरा कम गर्न सहयोग पुग्छ ।

आवश्यकता अनुसार मात्र ब्लूटूथ अन गर्नुहोस्

धेरैजसो स्मार्टफोन प्रयोगकर्ताहरु आफ्नो ब्लूटूथ प्रायः अन राखिरहेका हुन्छन् । यसो गर्नुको प्रयोजन चाहिँ उनीहरु इयरफोन, स्पीकर, फिटनेस ट्र्याकर, वाच वा कारमा ह्याण्ड्स फ्रीको उपयोग गर्नका लागि हुन्छ ।

तर जब तपाईं कुनै डिभाइसको प्रयोग गरिरहनु भएको छैभ भने ब्लूटूथ बन्द गरिदिनुपर्ने हुन्छ । किन कि ब्लूटूथ अन राख्दा ह्याकरले तपाईंको जानकारीसम्म पहुँच बनाउन सक्छन् । तपाईंको कल रोक्न सक्छन वा फोनमा भएको मिडियाको दुरुपयोग गर्न सक्छन् ।

रुटिङ तथा जेलब्रेकबाट जोगिनुहोस्

एन्ड्रोइडको रुट वा आईफोनको जेलब्रेक गर्दा प्रयोगकर्तालाई कयौं सुविधा प्राप्त हुन्छन् । कस्टमाइजेसनको विल्प प्राप्त हुँदा ती एप डाउनलोड गर्न समेत सहज भइदिन्छ, जसको स्वीकृति हुँदैन । 

तर यसबाट डिभाइसको सेक्युरिटी कमजोर हुनपुग्छ र ह्याकरले तपाईंको डिभाइसलाई सहजै ह्याक गर्न सक्छन् । त्यसैले ओरिजिनल अपरेटिङ सिस्टमको मात्र प्रयोग गर्नु एक राम्रो तरिका हुन्छ ।

यसको अर्थ एप डाउनलोड गर्दा आईफोनका लागि एप्पल एप स्टोर तथा एन्ड्रोइडका लागि गूगल प्ले स्टोर मात्र प्रयोग गर्ने बानी बसाल्नुहोस् ।

डेटा इन्क्रिप्ट गर्नुहोस्

बैंक पासवर्डका साथै फोनमा निकै धेरै निजी जानकारी तथा अफिस डकुमेन्ट समेत हुने गर्दछन् । यदि डेटा संवेदनशील छ भने त्यसलाई इन्क्रिप्ट राख्नु एउटा राम्रो उपाय हुनसक्छ । एन्ड्रोइड तथा आईओएस दुवैमा फोनमै यो अप्सन हुन्छ ।

जसको सहयोगमा तपाईं आफ्नो फोनमा डेटा इनक्रिप्ट गर्न सक्नुहुन्छ । यसो गर्दा तपाईंको फोन ह्याक होस् वा चोरी, तपाईंको त्यस्तो डेटामा पहुँच पाउनु कसैका लागि पनि सहज हुने छैन ।

एन्टी भाइरसको अनिवार्य प्रयोग गर्नुहोस्

जसरी तपाईं आफ्नो व्यक्तिगत कम्प्युटर वा ल्यापटपमा एन्टी भाइरस इन्स्टल गर्नुहुन्छ, त्यसैगरी स्मार्टफोनमा समेत यसलाई राख्न सकिन्छ ।

आजको समयमा जसरी भाइरस, माल्वेर, ह्याकिङसँग जोडिएका घटनाहरु बढिरहेका छन्, त्यसले गर्दा इन्टीभाइरसको प्रयोग एकदमै जरुरी भइसकेको छ । जसले यस किसिमका खतराबाट तपाईंको डिभाइसलाई जोगाउन सक्छन् ।

यदि तपाईं एन्टीभाइरसका लागि खर्च गर्न चाहनुहुन्न भने निःशूल्क रुपमा प्रयोग गर्न सकिने विकल्पहरु पनि छन् । जसमा तपाईंलाई आधारभूत सुरक्षासँग सम्बन्धित टूलहरु प्राप्त हुनेछन् ।

एप डाउनलोड गर्दा सावधानी अपनाउनुहोस्

कुनै पनि एप डाउनलोड गर्नुभन्दा अगाडि तपाईं सावधान हुन जरुरी छ । भलै तपाईं अफिसियल एप स्टोर (एप्पल एप स्टोर वा गूगल प्ले स्टोर वा ह्वावे हार्मोनी) किन प्रयोग नगर्नुहोस् । 

एप डाउनलोड गर्नुभन्दा अगाडि तपाईंले त्यसको रिभ्यू र अफिसयल वेबसाइट समेत हेर्न जरुरी छ । यसबाहेक थर्डपाटी प्लेटफर्मबाट एन्ड्रोइड डिभाइसमा एपीके डाउनलोड गर्नबाट समेत टाढै रहनुहोस् ।

यस्ता एपले तपाईंको गोपनीयतासँग सम्बन्धित जानकारी चोरी गर्न सक्छन् । कहिले काहिँ यस्ता एपहरुले अपडेट समेत माग्छन्, जसको माध्यमबाट जानकारी चोरी गर्ने कोशिश गर्छन् । त्यसैले थर्डपाटी एप डाउनलोड गर्नबाट जोगिन जरुरी हुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०