close

डेटिङ एपलाई अनैतिक भन्दै पाकिस्तानले गर्‍यो प्रतिबन्ध

टेकपाना टेकपाना

भदौ १८, २०७७ १४:१३

डेटिङ एपलाई अनैतिक भन्दै पाकिस्तानले गर्‍यो प्रतिबन्ध

काठमाडौं । पाकिस्तान सरकारले पाँचवटा डेटिङ एपमाथि प्रतिबन्ध लगाएको छ । यसअन्तर्गत चर्चित एप टिन्डर, ग्राइन्डर समेत समावेश छन् । पाकिस्तानले यस्ता एपहरुलाई अनैतिक भन्दै प्रतिबन्ध गर्ने निर्णय गरेको हो ।

अन्तराष्ट्रिय सञ्चार माध्यम सीएनएनका अनुसार प्रतिबन्ध भएका एपहरुमा टिन्डर, ग्रिन्डर, ट्याग्ड, स्काउट र से–ही रहेका छन् । यी एपमाथि प्रतिबन्ध गरिएको पाकिस्तान दूरसञ्चार प्राधिकरण (पीटीए) ले जनाएकाे छ ।

नियामकले उक्त कम्पनीहरुलाई यो विषयमा नोटिस जारी गरिसकेको जनाएको छ । तर ती कम्पनीहरुबाट अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त नभएको उल्लेख गरिएको छ ।

पाकिस्तानमा वैवाहिक सम्बन्धभन्दा बाहिरको सम्बन्ध र समलैङ्गिक सम्बन्धलाई गैरकानूनी मानिन्छ ।

त्यसैले पनि यस्ता एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरिएको हो । समाजमा नकारात्मक असर पार्ने एपलाई नैतिक र कानूनी दायरामा ल्याउनुपर्ने भएकाले यो निर्णय गरिएको पीटीएका प्रवक्ताले बताएका छन् ।

उनका अनुसार डेटिङ एपका साथै लाइभ स्ट्रिमिङलाई समेत नियमन गर्ने तयारी भइरहेको छ ।

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०