close

टेलिकमको सस्तो डेटा प्याक, २०० रुपैयाँमै १० जीबी

टेकपाना टेकपाना

भदौ १९, २०७७ ८:१०

टेलिकमको सस्तो डेटा प्याक, २०० रुपैयाँमै १० जीबी

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आकर्षक डेटा प्याक सञ्चालन गरिरहेकाे छ । कम्पनीले कोरोना भाइरसको महामारीको समयमा घरभित्रै बस्न आग्रह गर्दै स्टे कनेक्टेड प्याक ल्याएको हो ।

टेलिकमले सार्वजनिक गरेको यो डेटा प्याकमा प्रयोगकर्ताले २०० रुपैयाँमै १० जीबी डेटा प्राप्त गर्न सक्नेछन् । दुई जीबी नियमित प्याकेजमा कम्पनीले आठ जीबी डेटा फोरजी नेटवर्कका लागि बोनस स्वरुप उपलब्ध गराएको छ ।

सात दिनसम्म प्रयोग गर्न सकिने यो प्याकेजको डेटा मध्ये आठ जीबी फोरजी नेटवर्कमा बोनसको रुपमा उपयोग गर्न सकिने र बाँकी दुई जीबी जुनसुकै नेटवर्कमा प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ ।

त्यस्तै कम्पनीले सय रुपैयाँमै चार जीबी डेटाको अर्को प्याकेज समेत ल्याएको छ । जसमध्ये एक जीबी जुनसुकै नेटवर्कमा प्रयोग गर्न मिल्नेछ भने बोनस स्वरुप प्राप्त हुने तीन जीबी डेटा फोरजी नेटवर्कमा मात्र प्रयोग गर्न मिल्नेछछ । यसरी प्राप्त चार जीबी डेटा पाँच दिनसम्म प्रयोग गर्न सकिनेछ ।

स्टे कनेक्टेड प्याक अन्तर्गतको डेटा त्यसको अवधिभर जुनसुकै बेला जुनसुकै सेवाका लागि प्रयोग गर्न सकिनेछ टेलिकमले जनाएको छ । कम्पनीका प्रयोगकर्ताले *1415# डायल गरी यी दुवै डेटा प्याकेज रोजेर खरिद गर्न सक्नेछन् ।

No description available.

कम्पनीको यो प्याकेज यस अघिको लकडाउनमा जारी अफरकै निरन्तरता स्वरुप उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०