close

बोलेका कुरा अब स्वतः माइक्रोसफ्ट वर्डमा टाइप हुने, यस्तो छ ‘ट्रान्सक्राइब ईन वर्ड’ फीचर

टेकपाना टेकपाना

भदौ २०, २०७७ ११:२२

बोलेका कुरा अब स्वतः माइक्रोसफ्ट वर्डमा टाइप हुने, यस्तो छ ‘ट्रान्सक्राइब ईन वर्ड’ फीचर

काठमाडौं । माइक्रोसप्ट ३६५ मा आएको अपडेटसँगै अब प्रयोगकर्ताले अडियो रेकर्डिङलाई माइक्रोसफ्ट वर्डमा ट्रान्सक्राइब गर्न पाउने भएका छन् । कम्पनीले वर्डको वेब भर्सनका लागि रेकर्ड र ट्रान्सक्राइब गर्ने नयाँ टूल ल्याएको हो ।

३६ वर्ष पुरानो माइक्रोसफ्ट वर्डमा आएका धेरै परिवर्तनमध्ये यसलाई पनि महत्वपूर्ण मानिएको छ । बोलेका कुरालाई उही समयमै टाइप गर्न स्वभावैले मुश्किल पर्छ नै । अझ छिटो बाेल्ने मानिसहरुको हकमा त ट्रान्सक्राइब जटिल कार्य हो ।

नयाँ फीचरसँगै प्रयोगकर्ताले रेकर्ड भइरहेको अडियो वा प्रत्यक्ष कुराकानीलाई समेत अब माइक्रोसफ्ट वर्डमा ट्रान्सक्राइब गर्न सक्छन् ।

यो प्रोग्रामले यदि अडियोमा विभिन्न व्यक्तिहरु कुराकानी गरिरहेका छन् भने त्यस्ता व्यक्तिलाई डिटेक्ट गर्दछ । यदि ट्रान्सक्रिप्सनमा कुनै त्रुटी भएमा प्रयोगकर्ताले अडियोलाई पुनः जाँच गरी करेक्ट गर्न सक्छन् ।

‘ट्रान्सक्राइब ईन वर्ड’ नामको यो फीचर अहिलेका लागि वर्डको वेब भर्सनमा मात्रै उपलब्ध छ भने माइक्रोसफ्ट ३६५ का प्रयोगकर्ताले मात्र एक्सेस गर्न पाउनेछन् ।

यो फीचर प्रयोगको क्रममा वर्डमा ट्रान्सक्राइब भइरहँदा दायाँपट्टी ट्रान्सक्रिप्टको वर्ड डकुमेन्ट देखापर्छ । यसर्थ तपाईंले आफ्नो डकुमेन्ट क्रिएट गर्न वा टाइप गर्न सक्नुहुन्छ ।

आर्टिफिसियल इन्टेलिजेन्सले गर्दा अब ट्रान्सक्रिप्सन छिटो र सजिलो बनिरहेको छ ।

पछिल्लो समय कोभिड महामारीले अनलाइन मिटिङको अभ्यास बढिरहेको छ । यस्तो अवस्थामा मानिसहरुले बोलेका कुराहरुलाई तुरुन्तै टाइप गरिदिने फीचर आउनु निकै खुसीको कुरा हो ।

ट्रान्सक्रिप्टको लाइनबाट प्रयोगकर्ताले व्यक्तिको मुख्य भनाइलाई उद्धरणको रूपमा पनि लिन सक्दछन्।

हाल यो फीचर अंग्रेजी भाषामा मात्र रहेको छ भने कम्पनीले अन्य भाषामा पनि ल्याउन काम गरिरहेको छ ।

मोबाइलको वर्ड एपमा अर्को वर्ष यो ट्रान्सक्रिप्टको फीचर ल्याउने कम्पनीले बताएको छ । म्याक अपरेटिङ सिस्टम र विन्डोजको डेस्कटप एपका लागि यो फीचर कहिले ल्याउने भन्नेबारे कम्पनीले केही जानकारी दिएको छैन ।

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०