close

आज मध्यराति टेलिकमको सेवा प्रभावित हुनसक्ने

टेकपाना टेकपाना

भदौ २१, २०७७ २२:१

आज मध्यराति टेलिकमको सेवा प्रभावित हुनसक्ने

काठमाडौं । आज मध्यराति टेलिकमको सेवा प्रभावित हुन सक्ने देखिएको छ । कम्पनीले बिलिङ सिस्टमको मर्मत सम्भारका कारण भदौ २१ गते राति सेवा प्रभावित हुनसक्ने भन्दै सूचना जारी गरेको हो ।

कम्पनीका अनुसार मध्यरात १२ बजेपश्चात आधा घण्टाका लागि कम्पनीको प्याकेज सब्स्क्रिप्सन तथा बाँकी रहेको भोलुमको जानकारी लिने कार्यमा केही समस्या आउन सक्नेछ । यस बाहेकका अन्य सेवाहरु भने यथावत रुपमा सुचारु रहने टेलिकमले जनाएको छ ।

सेवा प्रभावित हुँदा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति कम्पनीले क्षमयाचना व्यक्त गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०