close

कामना विकास बैंकको खाता खोल्नेदेखि कर्जाको काम फेसबुक र भाइबरमै

टेकपाना टेकपाना

भदौ २६, २०७७ १९:७

कामना विकास बैंकको खाता खोल्नेदेखि कर्जाको काम फेसबुक र भाइबरमै

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकहरुले साेसल मिडिया एप्सबाटै बैंकिङ सेवा लिन पाउने भएका छन् ।

कामना सेवाले फेसबूक मेसेन्जर भाइबरकाे प्रयाेग गरी नयाँ खाता खोल्ने, केवाईसी अपडेट गर्ने, चेक बूक तथा डेविट कार्ड अनुरोध गर्ने, स्टेटमेन्ट हेर्ने, कर्जाकाे लागि अप्लाइ गर्न सकिने साथै कर्जाको हालसम्मको बक्यौताको विवरण जस्ता जानकारी घरमै बसेर थाहा पाउन सकिने सुविधा ल्याएकाे हाे ।

बैंकका अध्यक्ष सुदिप आचार्यले शुक्रबार ‘कामना सेवा सोसल मिडिया बैंकिङ प्लेटमर्फ’ को शुभारम्भ गरे ।

भाइबरको माध्यमबाट यी सुविधाहरु प्राप्त गर्न ग्राहकले बैंकले प्रदान गरेको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ भने फेसबूकको माध्यमबाट सुविधा प्राप्त गर्नको लागि बैंकको फेसबूक पेज सर्च गरी मेसेज पठाउनुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०