close

ग्यालेक्सी एस ट्वान्टी फ्यान एडिसन ल्याउँदै सामसङ, यस्ता छन् विशेषता

टेकपाना टेकपाना

भदौ २९, २०७७ १०:९

ग्यालेक्सी एस ट्वान्टी फ्यान एडिसन ल्याउँदै सामसङ, यस्ता छन् विशेषता

काठमाडाैं । कोभिड १९ को महामारीका बाबजुद सामसङले नयाँ प्रडक्ट ल्याउने कार्यलाई निरन्तरता दिइरहेको छ । केही हप्ताअघि मात्र सामसङले ग्यालेक्सी नोट ट्वान्टी, नोट ट्वान्टी अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड टु, ग्यालेक्सी जेड फ्लिप फाइभजी, ग्यालेक्सी वाच थ्री र दुईवटा ट्याब्लेटका बजारमा ल्यायो ।

सामसङको लञ्च इभेन्ट अझै रोकिएको छैन । सेप्टेम्बर २३ मा सामसङकाे अनप्याक्ड भर्चअल प्रिजेन्टेशन हुँदैछ । यो इभेन्टबाट पनि सामसङले नयाँ प्रडक्ट ल्याउनेछ ।

 ‘प्रत्येक फ्यानका लागि ग्यालेक्सी अनप्याक्ड’ शीर्षकमा हुने यो इभेन्टमा सामसङले ग्यालेक्सी एस ट्वान्टी फ्यान एडिसनको आधिकारिक सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

याे फाेनका विशेषताबारे हालै एन्ड्रोइड पुलिस डटकममा समाचार प्रकाशित भएकाे थियाे । समाचारमा एस ट्वान्टीको हार्डवेयर स्पेसिफिकेशन बारेमा उल्लेख गरिएकाे थियाे ।

फाेनमा यसमा १२० हर्ज डिस्प्ले र स्न्यापड्रागन ८६५ प्रोसेसर रहेको छ । तर यसको मूल्यका बारेमा जानकारी दिइएको छैन ।

भेरिजन वेबसाइटमा एस ट्वान्टी फ्यान एडिसनका लागि कलरका फाेन देखाइएकाे छ । यसअन्तर्गत रेड, डार्क ब्लु, पिंक र मिन्ट ग्रिन कलरका फाेन देखाएको थियो । सामसङको अफिसियल इनभाइटमा भने डार्क ब्लु र मिन्टको मात्रै अप्सन छ ।

ट्रिपल क्यामेरा सेटअपसहित तयार पारिएकाे याे फाेनकाे ब्याट्री ४५ सय एमएएचकाे रहनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०