close

तपाईंको फेसबुक अरु कसैले लुकेर हेरिरहेको त छैन ? थाहा पाउन यसो गर्नुहोस्

टेकपाना टेकपाना

भदौ २९, २०७७ १७:०

तपाईंको फेसबुक अरु कसैले लुकेर हेरिरहेको त छैन ? थाहा पाउन यसो गर्नुहोस्

काठमाडौं । अहिलेको समयमा फेसबुक प्रयोग नगर्ने स्मार्टफोन प्रयोगकर्ता निकै थोरै हुन्छन् । सामान्य हिसाबले इन्टरनेट प्रयोग गर्ने हरेक व्यक्तिले फेसबुक प्रयोग गर्ने अन्दाज गरिन्छ । 

तर फेसबुकमा कसैले जासुसी गरिरहेको छ वा छैन भन्ने कुराको जानकारी राख्ने उपायको भने एकदमै थोरै प्रयोगकर्तालाई मात्र थाहा हुन्छ । 

यदि तपाईंलाई आफ्नो फेसबुक अरुले हेरिरहेको वा चलाइरहेको छ वा छैन, थाहा पाएर ढुक्क हुने तरिको जानकारी छैन भने पनि चिन्ता नलिनुहोस् । आज हामी तपाईंलाई अरुले आफ्नो फेसबुकको निगरानी गरिरहेको थाहा पाउने तरिकासँगै त्यसलाई कसरी रोक्ने भन्ने विषयमा समेत बताउँदै छौं । 

कसैले जासुसी गरे वा नगरेको कसरी थाहा पाउने ? 

यदि तपाईंले कार्यालयको कम्प्युटर वा अरु कसैको मोबाइल तथा ल्यापटपबाट आफ्नो फेसबुक खोल्नु भएको थियो भने लग आउट गर्न बिर्सिनु भएको हुनसक्छ । यस्तोमा उक्त डिभाइसमा पासवर्ड नै सेभ हुने गरी तपाईंको लग ईन बसेको हुन पनि सक्छ । 

त्यसो भएको खण्डमा ती डिभाइसबाट तपाईंको फेसबुकका सबै गतिविधिको जासुसी गर्ने काम भइरहेको हुनसक्ने संभावना निश्चित जस्तै छ । 

त्यसलाई यकिन गर्न आफ्नो फेसबुक एपको माथि दायाँ कुनामा रहेको तीन वटा धर्सामा ट्याप गर्नुहोस् । 

अब स्क्रोल गर्दै तल जानुहोस् र सेटिङ एण्ड प्राइभेसी लेखिएको स्थानभित्र रहेको सेटिङमा थिच्नुहोस् ।

थोरै तल सेक्युरिटीको सुरुवातमै सेक्युरिटी एण्ड लग ईनको विकल्प देख्नुहुनेछ, त्यसमा जानुहोस् ।

यति गरिसकेपछि नयाँ पेजको सुरुवातमै ‘ह्वेर यू आर लग्ड ईन’ लेखिएको फेला पार्नुहुनेछ ।

त्यसको पछाडितर्फको सी अलमा दबाउनु भयो भने तपाईंको फेसबुक लग ईन भएका सबै डिभाइसको सूची देखिनेछ ।

सूचीसँगै तपाईंले आफ्नो फेसबुक कहाँबाट, कुन समयमा र कुन एप वा ब्राउजरबाट लग ईन भएको थियो भन्ने कुराको विस्तृत जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।

जासुसीलाई कसरी रोक्ने ? 

यदि तपाईंको फेसबुक अरु कसैले हेरिरहेको रहेछ भने सबैभन्दा अगाडि त्यस्तो डिभाइसबाट आफ्नो फेसबुक आईडी लगआउट गर्नु पर्ने हुन्छ । त्यो डिभाइस तपाईंको पहुँचमा छैन भने पनि नआत्तिनुहोस् ।

तपाईंले अहिले प्रयोग गरिरहेको एपबाटै अर्को लग ईन भएको डिभाइसबाट आफ्नो फेसबुक सजिलै लग आउट गर्न सक्नुहुन्छ ।  त्यसका लागि तपाईंलाई अघिकै ‘ह्वेर यो आर लग्ड ईन’ भित्रको डिभाइसको सूची रहेको स्थानमा जानुहोस् ।

अब जुन डिभाइसबाट तपाईं आफ्नो फेसबुक लग आउट गर्न चाहनुहुन्छ, त्यसको पछाडिपट्टी रहेको तीन वटा थोप्लो भएको स्थानमा दबाउनुहोस् । 

अब दुई वटा विकल्प देख्न सक्नुहुनेछ । त्यसमध्ये सेक्योर अकाउण्टमा दबाउनुहोस् । 

अब त्यहाँ तपाईंलाई फेसबुकले लग ईन र एक्टिभिटीको विस्तृत विवरण देखाउनेछ । जहाँबाट त्यसमा रहेको ‘नट यू’ दबाउनुहोस् । 

नट यू अप्सनमा क्लिक गरेपछि तपाईंले ‘सेक्योर अकाउण्ट’हुँदै गेट स्टार्टेडमा दबाउनुपर्ने हुन्छ ।

 बाट तपाईंले  आफ्नो फेसबुकबाट भएका सबै गतिविधिलाई हेर्न र अस्वभाविक लाइक, कमेन्ट, शेयर जस्ता एक्टिभिटीलाई डिलिट गर्न सक्नुहुनेछ ।

लग आउट पछि आफ्नो फेसबुकको पासवर्ड परिवर्तन गर्न समेत नबिर्सिनुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०