close

जथाभावी ह्वाट्सएप ग्रुपमा जोड्नेदेखि हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

असोज १, २०७७ ११:११

जथाभावी ह्वाट्सएप ग्रुपमा जोड्नेदेखि हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । ह्वाट्सएपमा सामान्यता कुनै पनि व्यक्तिले तपाईंलाई तपाईंको अनुमति बेगर जुनसुकै ग्रुपमा एड गर्न सक्छ । कतिपय यस्ता ग्रुप वाक्कै लगाउने किसिमका पनि हुन्छन् ।

अनावश्यक रुपमा आइरहने नोटिफिकेसनले झन्झट थपिरहेको हुन्छ । त्यसो त ग्रुप लेफ्ट (छोड्ने) सुविधा त तपाईंसँग हुन्छ, तर त्यसो गर्दा एड गर्ने व्यक्तिले नराम्रो ठान्ने भय अर्कोतर्फ हुन्छ ।

यदि तपाईंले एउटा सानो ट्रिक अपनाउनु भयो भने यी सबै झमेलाबाट मुक्त हुन सक्नुहुनेछ । ह्वाट्सएपले हालै आफ्नो ग्रुप इन्भिटेसन फिचरलाई अपग्रेड गरेको छ । जसले अवान्छित ग्रुपहरुमा जथाभावी रुफमा जोड्ने कार्यबाट तपाईंलाई जोगाउनेछ ।

नयाँ अपग्रेड पछि पनि तपाईंलाई ह्वाट्सएप ग्रुपमा जो कसैले जोड्न सक्छ । तर यस्ता ग्रुपहरुमा आफूलाई जोड्न नदिन यो फिचरमार्फत आफैले सेटिङ मिलाउनुपर्ने हुन्छ ।

यसमा तपाईंले कुनै निश्चित सम्पर्क नम्बरका लागि कस्टमाइज गर्न पनि सक्नुहुनेछ । ह्वाट्सएपको नयाँ ग्रुप इन्भिटेसन फिचर एन्ड्रोइड तथा आईओएस दुवै स्मार्टफोन प्रयोगकर्ताका लागि उपलब्ध छ ।

कसरी प्रयोग गर्ने ?

यो फिचर प्रयोग गर्न सुरुमा आफ्नो ह्वाट्स एप अपडेट छ कि छैन भनेर चेक गर्नुहोस् । अपडेट छैन भने एपलाई अपडेट गर्नुहोस् । अपडेटेड एपमा तपाईंले सेटिङभित्र यो फिचरलाई देख्न सक्नुहुनेछ । जसमार्फत तपाईं यसलाई इनेबल गर्न सक्नुहुनेछ ।

एन्ड्रोइडका लागि
  • एन्ड्रोइड स्मार्टफोनमा सबैभन्दा पहिले आफ्नो ह्वाट्स एपको सेटिङहुँदै अकाउण्ट, प्राइभेसी भएर ग्रुप्समा जानुहोस् ।
  • त्यहाँ तपाईंले प्राइभेसी सेटिङमा ग्रुप्स इन्भिटेसनलाई नियन्त्रण गर्न तीन वटा विकल्प देख्नुहुनेछ ।
  • यसबाट एभ्रिवान (जो सुकैले एड गर्न सक्ने), माइ कन्ट्याक्ट (आफ्नो कन्ट्याक्टमा भएकाले मात्र एड गर्न सक्ने) र नोबडी (कसैले पनि एड गर्न नसक्ने) मध्ये आफूले चाहेको विकल्प रोज्नुहोस् ।
आईफोनमा
  • सुरुमा आफ्नो आईफोनमा ह्वाट्सएप खोल्नुहोस् ।
  • अब अकाउण्ट हुँदै प्राइभेसीलाई छनौट गर्नुहोस् ।
  • त्यहाँ रहेको ग्रुप्सलाई छनौट गर्नुहोस् ।
  • त्यसभित्र तपाईंले माथि एन्ड्रोइडमा जस्तै एभ्रिवान, माई कन्ट्याक्ट र नोबडीको अप्सन देख्न सक्नुहुनेछ ।
  • यसबाट तपाईंले ह्वाट्सएप ग्रुपमा कसलाई जोड्न दिने वा नदिने भन्ने कुराको निर्धारण गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०