close

नबिल बैंकले ल्यायो बिना धितो फोनबाटै ऋण लिन पाउने सुविधा

टेकपाना टेकपाना

असोज ५, २०७७ १०:५२

नबिल बैंकले ल्यायो बिना धितो फोनबाटै ऋण लिन पाउने सुविधा

काठमाडाैं । नबिल बैंकले नेपालमै पहिलो पटक फोनबाट ऋण लिने सुविधा ल्याएकाे छ । याे सुविधा अन्तर्गत बैंकमा खाता भएका ग्राहकहरुले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाटै लिन पाउनेछन्।

एफ वन सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा बैंकले यो सुविधा ल्याएको हो। नबिल स्मार्ट बैंकिङ अन्तर्गत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत् खातामा ऋण उपलब्ध गराइन्छ ।

यो सुबिधा लिन नबिलको स्मार्ट बैंक प्रयोगकर्ता हुनुपर्ने र यस प्रकारको ऋण छोटो अवधिका लागि उपलब्ध हुने छ।

ऋण लिन इच्छुक ग्राहकले कुनै कागजी प्रक्रिया बिना नै नबिल बैंकले आफ्नो स्मार्टबैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्छन् ।

बैंकले सम्पूर्ण प्रक्रिया पूरा गरी तुरुन्त ऋण प्रवाह गर्ने जनाएकाे छ ।

बैंकका प्रमुख कार्यकारी अधिृकत अनिलकेशरी शाहका अनुसार बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो अत्यन्तै लोकप्रिय हुनुका साथै ग्राहकको केन्द्र बन्ने छ।

‘नेपालमा पहिलो पटक स्मार्ट बैंक एपमार्फत यति सहज र सरल सुविधा प्रस्तुत गर्न सक्नु गौरबको विषय हो,’ उनले भने।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०