close

बैंक अफ काठमाण्डूबाट सोझै खल्तीमा पैसा लोड गर्न सकिने

टेकपाना टेकपाना

असोज ५, २०७७ १६:५३

बैंक अफ काठमाण्डूबाट सोझै खल्तीमा पैसा लोड गर्न सकिने

काठमाडौं । अब बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडबाट खल्ती डिजिटल वालेटमा सजिलै पैसा लोड गर्न सकिने भएको छ । यसका लागि दुई संस्थाबिच सम्झौता भएको छ ।

याे सम्झौतामा बीओकेका बजार व्यावस्थापन प्रमुख रितेश लामिछाने र खल्ती डिजिटल वालेटका निर्देशक अमित अग्रवाल हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि बीओकेका ग्राहकले आफ्नो बैंक खाता लिंक गरेर, बैंकको डिजिटल सेवा मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ मार्फत ‘खल्ती’ मा सजिलै पैसा लोड गर्न सकिने उल्लेख गरिएको छ । साथै ग्राहकले खल्तीबाट उपलब्ध डिजिटल सुबिधा प्रयोग गर्न सक्नेछन् ।

खल्ती डिजिटल वालेट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, ईकमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने लगायतका विभिन्न कार्य गर्न सकिन्छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०