close

बलिउड कलाकारको च्याट बाहिरिएपछि ह्वाट्सएपले भन्यो, ‘इन्क्रिप्टेड म्यासेज कुनै तेस्रो व्यक्तिले हेर्न सक्दैन’

टेकपाना टेकपाना

असोज १०, २०७७ १६:२

बलिउड कलाकारको च्याट बाहिरिएपछि ह्वाट्सएपले भन्यो, ‘इन्क्रिप्टेड म्यासेज कुनै तेस्रो व्यक्तिले हेर्न सक्दैन’

काठमाडौं । ह्वाट्सएपले आफ्नो प्लेटफर्ममार्फत पठाइने म्यासेज इन्क्रिप्टेड हुने र पठाउने तथा पाउने बाहेक अन्य व्यक्तिले हेर्न नपाउने स्पष्ट पारेको छ । बलिउड कलाकारको लागु औषध सम्बन्धी ग्रुप च्याट लिक भएपछि जाहेर आशंकालाई सम्बोधन गर्दे कम्पनीको तर्फबाट यस्तो स्पष्टोक्ती आएको हो ।

बलिउड कलाकारहरुको ग्रुप च्याट बाहिरिएसँगै ह्वाट्सएप प्रयोगकर्तामाझ आफ्नो च्याटमा समेत कसैको निगरानी भएको हुनसक्ने भन्दै चिन्ताहरु व्यक्त हुन थालेका छन् । यस्ता चिन्ताहरुलाई सम्बोधन गर्दै ह्वाट्सएपका प्रवक्ताले भनेका छन्, ‘कम्पनीले तपाईंका म्यासेज सुरक्षित रुपमा राख्दछ र ती इन्क्रिप्टेड रुपमा हुन्छन् ।

ता कि तपाईं र पठाइएको व्यक्तिले मात्रै ती म्यासेज पढ्न सक्छन् । ह्वाट्सएप कम्पनीले वा अरु कसैले पनि ती म्यासेज पढ्न सक्दैनन् ।

‘ मानिसहरु केवल फोन नम्बरको प्रयोग गरेर मात्रै ह्वाट्सएप प्रयोग गर्न सक्ने भन्दै उनले फेसबुकको स्वामित्वमा रहेको कम्पनीको पहुँच त्यसमा नहुने बताएका छन् ।

प्रवक्ताले अगाडि भनेका छन्, ‘ह्वाट्सएप अपरेटिङ सिस्टम निर्माताहरुको दिशानिर्देशनलाई अनुसरण गर्दछ । हामी अपरेटिङ सिस्टमको तर्फबाट उपलब्ध पासवर्ड तथा बायोमेट्रिक आईडी लगायतका सबै सुरक्षा फिचरको लाभ उठाउन प्रोत्साहन गर्दै आइरहेका छौं ।

यी सुरक्षा विशेषताले कुनै तेस्रो पक्षलाई प्रयोगकर्ताको उपकरणमा रहेका सामग्रीमा पहुँच पाउनबाट रोक्ने गर्दछन् ।’

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०