close

नागरिक लगानी कोषको एपमा समस्या, देखिँदैन नयाँ हिसाबकिताब

टेकपाना टेकपाना

असोज १३, २०७७ १४:३५

नागरिक लगानी कोषको एपमा समस्या, देखिँदैन नयाँ हिसाबकिताब

काठमाडौं । नागरिक लगानी कोषको एप सीआईटी मोबाइल र ई-सर्भिसमा समस्या देखिएको छ । एपमा कोषको सापटी तिरिसकेका बचतकर्ताको नयाँ हिसाबकिताब नदेखिने समस्या आएको हो ।  

कोषको मोबाइल एपमा गत साउन २३ अगाडिको मौज्दात तथा सापटी रकम मात्र देखिने गरेको छ । कोषले गत साउन २५ गतेदेखि कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष योजनाका लागि वेबमा आधारित कोर सफ्टवेयर सिस्टम सञ्चालनमा ल्याएको थियो । 

नयाँ सफ्टवेयर सिस्टम र मोबाइल एपबीच इन्टिग्रेसन हुन नसक्दा साउन २३ पछिको कारोबार रकम नदेखिएको बताइएको छ ।

कोषले भनेको छ, ‘यसले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषको ८० प्रतिशत सापटी तिरिसकेका बचतकर्ताको सापटी रकम घटेको देखिएको छैन । तर मोबाइल एपमा नयाँ विवरण नदेखिए पनि कोषको कोर सफ्टवेयरमा पोस्टिङ भइसकेको हुन्छ ।’ 

नयाँ सफ्टवेयर र मोबाइल एपबीच इन्टिग्रेसनको कार्य चलिरहेको भन्दै कोषले उक्त कार्य सम्पन्न हुनासाथ मोबाइल एपमा पछिल्लो मौज्दात ब्यालेन्स र सापटी रकम हेर्न सकिने जनाएको छ । साथै कोषको अनलाइन ई-सर्भिसमा पनि साउन २३ पछिको पोस्टिङ देखिएको छैन । 

यो समस्या पनि मोबाइल एप जस्तै इन्टिग्रेसनको कार्य चलिरहेकाले उत्पन्न भएको बताइएको छ ।

हाललाई अवकाश कोषको पछिल्लो मौज्दात रकम र ऋण सापटीको स्टेटमेन्ट लिन चाहेमा कोषको परिसरबाट उपलब्ध गराइनेछ,’ कोषले भनेको छ, ‘यसबाट सहभागी बचतकर्ताहरुमा पर्न गएको असुविधाप्रति कोष क्षमाप्रार्थी छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०