काठमाडौं । माउन्टेक सोलुसन प्रालिले आकर्षक छुटसहित अनलाइनमा आईटी कोर्ष पढाउन सुरु गरेको छ । ट्रेनिङ, कन्सल्टिङ तथा डेभलपमेन्टको काम गर्दै आएको कम्पनीले ८० प्रतिशतसम्मको छुट सहित आईटीका विभिन्न विषयको अनलाइन तालिम सञ्चालन गर्न थालेको हो ।
अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै सुरु भएको अनलाइन तालिमका लागि शुल्कसमेत अनलाइनबाटै तिर्न सकिने कम्पनीले जनाएको छ ।
विद्यार्थीहरुले कम्पनीको बैंक खातामा अनलाइनबाट रकम डिपोजिट गरेर कम्पनीले सञ्चालन गर्दै आएका कोर्षमा सहभागीता जनाउन सक्नेछन् ।
जुम र गुगल मिटबाट लाइभ रुपमा सञ्चालन गरिने प्रत्येक कक्षाको भिडियो रेकर्ड कम्पनीको ईलर्निङ म्यानेजमेन्ट सिस्टममा राख्ने गरिएको छ ।
जसमा तालिम लिने विद्यार्थीले सहजै एक्सेस पाउने माउन्टेकका संस्थापक सूर्य बस्नेतले जानकारी दिए । उनले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आईटी कम्पनीका विशेषज्ञहरुबाट तालिम सञ्चालन गर्दै छौं ।’
कम्पनीले तत्कालै सुरु हुने डिजिटल मार्केटिङ, जाभा तथा स्प्रिङ बुट, फ्लटर र फुल स्ट्याक डेभलपमेन्टका कक्षामा विशेष छुटको अफर दिनेछ ।
कम्पनीले विभिन्न प्रत्येक साता बहुराष्ट्रिय आईटी कम्पनीमा कार्यरत विज्ञहरुबाट वेबिनार, वर्कशप, प्यानल छलफल, तथा अनलाइन कक्षाहरु सञ्चालन गर्दै आएको छ ।
कम्पनीले मर्न, लाराबेल, क्लाउड कम्प्युटिङ, डेभओप्स, पाइथन, डेटा साइन्स, मसिन लर्निङ, एआई, डिप लर्निङ जस्ता थुप्रै विषयका कोर्षहरुको तालिम दिँदै आएको छ ।
यसैगरी कम्पनीले एआई, मसिन लर्निङ तथा डेटा साइन्समा कन्सल्टिङको सेवा दिनुका साथै डेभलपमेन्टको काम समेत गर्दै आएको छ ।
डिजिटल मार्केटिङ
यो विषयको कक्षा बिहीबारदेखि सुरु हुँदैछ । यसको रिसोर्स पर्सनको रुपमा अमेरिकी डिजिटल मार्केटिङ कम्पनी ब्रुस्क्लेका डिजिटल मार्केटर उमेश राजपुत रहनेछन् ।
४० घण्टाको यो कोर्षका लागि ८ हजार रुपैयाँ शुल्क राखिएको छ । हाल त्यसमा ५० प्रतिशत छुटका साथ चार हजार रुपैयाँमै उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
जाभा तथा स्प्रिङबुट
यसको कक्षा ५ अक्टुबरबाट सञ्चालन हुनेछ । यसको रिसोर्स पर्सनको रुपमा मास्टरकार्ड, एटी एण्ड टीमा काम गरिसकेका र हाल जेपी मोर्गन चेसमा सिनियर इन्जिनियरको रुपमा कार्यरत दीलिप योगी रहनेछन् ।
आठ हजार रुपैयाँको यो कोर्षसमेत ५० प्रतिशत छुटका साथ चार हजार रुपैयाँमै उपलब्ध गराइएको छ ।
फ्लटर
क्रश प्लेटफर्म डेभलपमेन्टको रुपमा रहेको फ्लटरको कक्षा बुधबारदेखि सुरु हुँदैछ । जसमा फ्रिटिसगोका मोबाइल एप डेभलपर शशि शर्माले यसको तालिम दिनेछन् ।
६० घण्टाको यो कोर्षसमेत ५० प्रतिशत छुटका साथ चार हजार रुपैयाँमै उपलब्ध गराइएको छ ।
फुल स्ट्याक डेभलपमेन्ट
फुल स्ट्याक डेभलपमेन्टको रिएक्ट एण्ड नोडको दोस्रो ब्याचको तालिम ४ अक्टुबरदेखि सुरु हुँदैछ । यसमा एफवान सफ्ट र फ्युज मसिनमा सफ्टवेयर इन्जिनियरको रुपमा काम गरिसकेका कृपेश विस्ट यसमा रिसोर्स पर्सनको रुपमा रहनेछन् ।
७० घण्टासम्मको यो कोर्षका लागि २० हजार रुपैयाँ शुल्क राखिएको छ । तर हाल ८० प्रतिशत छूटमा चार हजार रुपैयाँमो यो तालिम लिन सकिने कम्पनीले जनाएको छ ।
इच्छुक विद्यार्थीले यहाँ क्लिक गरी माउन्टेक सोलुसनका आईटी कोर्षहरु रोजेर पढ्न पाउनेछन् ।