close

सामसङको बडा दसैं अफर, विजेतालाई कार, बाइक र ग्यालेक्सी नोट ट्वान्टी

टेकपाना टेकपाना

असोज १७, २०७७ १७:२५

सामसङको बडा दसैं अफर, विजेतालाई कार, बाइक र ग्यालेक्सी नोट ट्वान्टी

काठमाडौं । सामसङले बडा दशैंको अवसरमा उपभोक्ताहरुको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै “बडा दसैं बिग, धमाका” अफर सार्वजनिक गरेको छ । सामसङको कुनैपनि स्मार्टफोन तथा ट्याब खरिद गर्ने ग्राहकहरु यो अफरमा सहभागी हुन सक्नेछन् ।

धमाकामा सामेल हुने ग्राहकहरुलाई सामसङले साप्ताहिक एवं बम्पर लक्की ड्रको व्यवस्था गरेको छ । यो अफर अन्तर्गत १ जना विजेतालाई बम्पर बिग धमाका लक्की ड्र मार्फत् रेनल्ट डस्टर तथा तथा साप्ताहिक बिग धमाका लक्की ड्र मार्फत् ५ जना विजेताहरुले होण्डा हर्नेट १६० आर तथा १० जना विजेताहरुले ग्यालेक्सी नोट ट्वान्टी जित्न सक्नेछन् ।

बम्पर उपहार स्वरुप राखिएका पुरस्कारहरु कार, मोटरसाइकल तथा स्प्मार्टफोनहरुको साटो नगद उपहार प्रदान नगरीने कम्पनीले स्पष्ट पारेको छ । कोभिडको कारणले गत वर्षहरुमा भन्दा यो वर्ष सामसङले भिन्न अफर ल्याएको हो ।

अहिलेको परिस्थितिलाई मध्यजनर गर्दै सामसङले उत्सवको मनस्थिति एवम् उत्साहलाई अभिवृद्धि गर्न मोबाइल बजारमा यो धमाका अफर सार्वजनिक गरेको हो । साप्ताहिक लक्की ड्र तथा बम्पर लक्की ड्रको घोषणा सामसङको आधिकारिक फेसबुक पेज मार्फत् हुनेछ ।

अफर यहि असोज १६ गतेदेखि मंसिर २ गते सम्म लागु हुनेछ । लक्की ड्र विजेताहरु असोज २२ गते, २९ गते, कात्तिक ६ गते, २० गते, २७ गते घोषणा गरिने र बम्पर लक्की ड्र विजेता मंसिर ४ गते घोषणा गरिने सामसङको आधिकारिक वितरक आईएमएस कम्पनीले जनाएको छ ।

यो योजना नेपालभर रहेका सामसङ मोबाइलका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालि तथा आईएमएस प्रालि अन्तगर्तका सामसङ ब्राण्ड शप तथा रिटेलहरु मार्फत् गरिएको खरिदमा मात्र लागू हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०