close

अब ईसेवाबाट १ हजारसम्मको बैंक ट्रान्सफर निःशुल्क

टेकपाना टेकपाना

असोज १८, २०७७ ११:३४

अब ईसेवाबाट १ हजारसम्मको बैंक ट्रान्सफर निःशुल्क

काठमाडौं । ईसेवा वालेटबाट निःशुल्क रुपमा एक हजार रुपैयाँसम्मको बैंक ट्रान्सफर गर्न सकिने भएको छ । भुक्तानी सेवा प्रदायक कम्पनीले आफ्ना प्रयोगकर्ताको सहजताका लागि यस्तो योजना ल्याएको हो । ईसेवाका अनुसार यो सेवा ग्राहकले दिनमा दश पटकसम्म र महिनामा ५० पटकसम्म उपयोग गर्न सक्नेछन् ।

त्यस माथिको बैंक ट्रान्सफर तथा विथड्रमा भने २० रुपैयाँदेखि माथिको शुल्क लाग्नेछ । जसअनुसार १० हजार रुपैयाँसम्मका लागि २० रुपैयाँ, २० हजार रुपैयाँ ट्रान्सफरका लागि ३० रुपैयाँ र ३० हजार रुपैयाँ ट्रान्सफरका लागि ४० रुपैयाँ शुल्क तोकिएको छ ।

यस्तै ५० हजार रुपैयाँ ट्रान्सफरका लागि ६० रुपैयाँ र एक लाख रुपैयाँसम्म ट्रान्सफरका लागि ७५ रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । ईसेवाका ग्राहकले आफ्नो एउटा बैंक अकाउन्टलाई ‘सेभ्ड अकाउन्ट’ तथा ‘फ्रि अकाउन्ट’ को रुपमा राख्न पाउनेछन् ।

जसमा प्रयोगकर्ताले निःशुल्क रुपमा रकम ट्रान्सफर तथा विथड्रको सुविधा पाउनेछन् । यसमा पाँच हजार रुपैयाँसम्म अथवा महिनामा तीन पटकसम्म निःशुल्क विथड्रको सुविधा पाउन सक्नेछन् । यस्तो बैंक खाताबाट त्यसमाथिको रकम विथड्रमा भने नियमित शुल्क लाग्नेछ ।

यस्तो छ ईसेवाबाट बैंक ट्रान्सफरमा लाग्ने शुल्क

कारोबार रकमसेवा शुल्क
१०० देखि १,००० सम्म ० रुपैयाँ
१,००१ देखि १०,००० सम्म २० रुपैयाँ
१०,००१ देखि २०,००० सम्म ३० रुपैयाँ
२०,००१ देखि ३०,००० सम्म४० रुपैयाँ
३०,००१ देखि ४०,००० सम्म ५० रुपैयाँ
४०,००१ देखि ५०,००० सम्म ६० रुपैयाँ
५०,००१ देखि १,००,००० सम्म ७५ रुपैयाँ
श्रोतः ईसेवा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०