close

सवारी साधन हराए अनलाइनबाटै यसरी दिनुहोस् निवेदन

टेकपाना टेकपाना

असोज २०, २०७७ १८:४७

सवारी साधन हराए अनलाइनबाटै यसरी दिनुहोस् निवेदन

काठमाडौं । यदि तपाईंको सवारी साधान हराएकाे छ भने अब अनलाइनबाटै ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिन सकिने भएको छ ।

त्यसका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले केही दिन अघिमात्रै हराएको, चोरी भएको वा फेला परेको सवारी साधनको अभिलेख व्यवस्थापनको लागि लस्ट एण्ड फाउण्ड भेहिकल रेकर्ड सिस्टमको सुरुवात गरेको छ ।

कोभिड–१९ महामारीको विषम परिस्थितिलाई ध्यान दिँदै ट्राफिक महाशाखाले नयाँ सफ्टवेयरको सुरुवात गरेको हो । योसँगै सवारी साधन हराएको खण्डमा निवेदन र सिफारिसको लागि ट्राफिक कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

यहाँ हामी तपाईंहरुलाई अनलाइनबाटै उक्त निवेदन कसरी दिने भन्ने विषयमा सम्पूर्ण जानकारी दिँदैछौं । त्यसका लागि सबैभन्दा पहिले ट्राफिक प्रहरीको वेबसाइटमा जानुहोस् ।

वेबसाइटको दाँयातर्फ माथि ‘अनलाइन एप्लिकेसन’ भन्ने अप्सन रहेको छ । उक्त अप्सनमा क्लिक गर्नुहोस् ।

त्यहाँ क्लिक गर्दा ‘लस्ट डकुमुन्ट एप्लिकेसन’ (Lost Document Application) र ‘लस्ट भेईकल एप्लिकेसन’ (Lost Vehicle Application) भन्ने दुई अप्सन देख्न सकिन्छ ।

त्यसमध्य दोस्रो अर्थात लस्ट भेईकल एप्लिकेसनमा क्लिक गर्नुहोस् ।

त्यहाँ क्लिक गरेसँगै त्यहाँ एउटा फर्म खुल्नेछ । उक्त फर्मममा आवश्यक विवरण (हराएको सवारीको पूर्ण जानकारी, ब्लुबूक लगायत) भर्नुपर्ने हुन्छ ।

आवश्यक सम्पूर्ण विवरण भरिसकेपछि अन्त्यमा रहेको ‘सेभ अप्सन’ मा क्लिक गर्नुहोस् र साइटको माथि रहेको ‘सबमिट एप्लिकेसन’ मा क्लिक गरी निवेदन बुझाउनुहोस् । उक्त अप्सनमा क्लिक गरेसँगै तपाईंले एप्लिकेसन नम्बर प्राप्त गर्नुहुनेछ ।

यति गरसँगै अनलाइन निवदेन दिन प्रक्रिया सकियो । यसका साथै तपाईंले अनलाइनबाटै सवारी साधन फेला परे नपरेको पनि थाहा पाउनु हुनेछ । त्यसका लागि ‘लस्ट भेईकल एप्लिकेसन’ मा क्लिक गर्नुहोस् ।

त्यसमा क्लिक गरी वेबसाइटको दायाँतर्फ माथि रहेको ‘चेक एप्लिकेसन’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् । त्यहाँ क्लिक गर्दा तपाईंलाई ‘एप्लिकेसन नम्बर’ अर्थात तपाईंले निवेदन दिँदा अन्त्यमा प्राप्त भएको नम्बर, पुरा नाम थर र सवारी नम्बर राखेर जाँच गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०