close

४४ मेगापिक्सेलको सेल्फी क्यामेरा सहित भिभो भी ट्वान्टी नेपाली बजारमा आउँदै

टेकपाना टेकपाना

असोज २१, २०७७ २१:३

४४ मेगापिक्सेलको सेल्फी क्यामेरा सहित भिभो भी ट्वान्टी नेपाली बजारमा आउँदै

काठमाडौं । भिभोले नेपाली बजारमा भी ट्वान्टी मोडलकाे नयाँ स्मार्टफाेन सार्वजनिक गर्ने तयारी गरेकाे छ । अल्ट्रा स्लिक र हलुका डिजाइनका साथ आउने अपेक्षा गरिएको उक्त फोन उत्कृष्ट डिजाइन र प्रविधिको मिश्रण हो ।

यो फोनले युवा पुस्तालाई सहजै आकर्षण गर्ने दाबी गरिएको छ । ‘बी द फोकस अल्वेज’ भन्ने ट्यागलाइनका साथ याे फाेन सार्वजनिक हुँदै छ ।

याे फोन कम्पनीको सिंग्नेचर कलर मिडनाइट ज्याज र सनसेट मेलोडी गरी दुई रंगमा उपलब्ध हुनेछ । अल्ट्रा स्लिक डिजाइको उक्त फोन प्रिमियम लुकका साथ आउनेछ ।

ड्युल टोन स्टेप क्यामेरा डिजाइन अर्थात दुई लेवलको क्यामेरा सेटअप गरिएको छ । जसमा पहिलो लेयरमा फ्ल्यास र दोस्रो लेयरमा क्यामेरा रहेको छ । यो सेटअप मार्फत कम्पनीले क्यामेरा डिजाइनमा अहिलेसम्म रहेको प्रचलनलाई तोड्ने काम गरेको छ ।

पछिल्लो समय स्मार्टफोन युवा पुस्ताको सर्पोट सिस्टम जस्तै बन्दै गएको छ । जसमार्फत आफ्नो भावना, व्यक्तित्व र आफ्नो जिवनशैली देखाउने गर्छन् ।

त्यसैलाई मध्यनजर गर्दै युवा पुस्ताको अपेक्षा पुरा गर्ने गरी भिभो भी ट्वान्टी बजारमा आउने कम्पनीले जनाएको छ ।

भिभोको उत्कृष्ट प्रविधि र डिजाइनलाई दर्शाउने उक्त स्मार्टफोनमार्फत उच्च गुणस्तरीय फोटाे तथा भिडियो खिच्न सकिने उल्लेख गरिएको छ ।

याे फाेन ४४ मेगापिक्सेलकाे सेल्फी क्यामेरासहित आउनेछ । यसको पछाडि तीनवटा क्यामेरा रहनेछ, जसको मुख्य क्यामेरा ६४ मेगापिक्सेलको हुनेछ ।

यस फाेनका मुख्य विशेषताका रूपमा ६.४४ इन्चकाे डिस्प्ले, क्वालकम स्न्यापड्रागन ७२०जी चिपसेट, ८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टाेरेज, ४ हजारकाे एमएएचकाे ब्याट्री, एन्ड्राेइड इलाभेन रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०