close

एन्ड्रोइड भर्सेस आईओएसः अब्बल कुन ?

टेकपाना टेकपाना

कात्तिक ४, २०७६ १४:३८

एन्ड्रोइड भर्सेस आईओएसः अब्बल कुन ?

तपाई स्मार्टफोन खरीद गर्दैहुनुहुन्छ ? त्यसो हो भने सम्भावना लगभग निश्चित छः त्यो फोन दुई अपरेटिङ सिस्टम मध्ये एउटामा अवश्य चल्नेछ, गुगलको एन्ड्रोइड या एप्पलको आईओएस ।

सन् २०१७ मा बजारमा बिक्री भएको ९९.७ प्रतिशत स्मार्टफोन यी दुई अपरेटिङ सिस्टम अन्तरगतकै भएको एक तथ्याङ्कले देखाएको थियो । त्यो मात्रा लगातार बढ्दो क्रममा छ ।

यद्यपी अमेरिकी प्रतिबन्धको सामना गरिरहेको चिनियाँ कम्पनी हुवावेले हार्मोनी नामक नयाँ एपस्टोर सञ्चालनमा ल्याएको छ । माइक्रोसफ्टले छुट्टै विण्डोज फोन समेत गर्दा अरु थोरै मात्र विकल्प छन् ।

वास्तवमा मोबाइल अपरेटिङ सिस्टममा आईओएस र एन्ड्रोइडले चमत्कारिक सफलता हात पारिरहेका छन् । करिब समान भए पनि यी दुई अपरेटिङ सिस्टमबीच केही महत्वपुर्ण भिन्नता विचारणीय छन् । जसले तपाईले कुन रोज्ने भन्ने विषयको समेत निर्धारण गर्नेछन् ।

अफोर्डेबलः आईओएस

सस्तो आईफोन खोज्नु भो भने तपाईले दुई वर्ष पुरानो आईपोन करीब ६० हजार हाराहारीमा पाउन सक्नुहुन्छ । यदी नयाँ लिन चाहनुभयो भने आईफोन एक्सकै लागि १ लाख वा त्योभन्दा बढी खर्च गर्न तयार हुनै पर्छ । तर तपाईले एन्ड्रोइडमा सस्ता देखि एप्पलकै जत्तिको महंगा स्मार्टफोनहरु छनौटको विकल्प पाउनुहुनेछ । बजारमा अनेकौं सस्ता एन्ड्रोइड डिभाइसहरु छन् । त्यसबाहेक कयौँ एपहरु समेत निशूल्क रुपमा चलाउन पाउनुहुनेछ ।

एप्सः आईओएस

मोटामोटी रुपमा तपाईले एन्ड्रोइडमा २७ लाख तथा आईओएसमा २२ लाख एपहरु पाउन सक्नुहुन्छ । तर वास्तविकता के हो भने एपको संख्या त्यति गतिलो आधार बन्न सक्दैन ।

किन भने तपाई हामी मध्येले केही सीमित एपहरु मात्रै प्रयोग गर्छौँ । एकदमै रुचाइएका प्रायः सबै एपहरु दुबै प्लाटफर्ममा उपलब्ध हुन्छन् ।  अधिकांश एपहरु सुरुमा आईओएसमा देखा पर्दछन् ।

ब्राउजः आईओएस

दशौँ लाख एपहरुलाई व्यवस्थित गर्नु त्यसै पनि मुस्किलको काम हो । यद्यपी समग्रमा ब्राउजिङमा एप्पलको एप स्टोर गुगलभन्दा उपयुक्त मान्न सकिन्छ । आईओएस सर्चका लागि सहज छ भने पीसी तथा ल्यापटपमा ब्राउजरबाटै इन्स्टल गर्न समेत सकिन्छ ।

म्यापः एन्ड्रोइड

पछिल्लो नेभिगेसन सिस्टममा समेत एप्पल म्यापले त्यति धेरै उत्साहजन सुरुवात भने गर्न सकेन । यद्यपी म्यापमा भने महत्वपुर्ण सुधार चाहिँ गरेको छ । तपाईले अफलाईन प्रयोगका लागि पनि म्याप डाउनलोड गर्न सक्नुहुन्छ, तत्कालको ट्राफिक अवस्था, हिड्न तथा सवारीसाधन चलाउँदा हरेक मोड मोडमा प्राप्त हुने निर्देशन लगायतका मूख्य फिचरहरु प्रायः गुगल म्याप र एप्पल म्यापमा समान छन् ।

गुगल म्यापले उपलब्ध गराएको साइकिलिङ निर्देशन चाहिँ तपाईले एप्पल म्यापमा पाउनुहुने छैन । समग्रमा आकार र गुणस्तरमा म्यापका लागि विना हिचकिचाहट भन्न सकिन्छ- दुई शब्द काफी छ, गुगल म्याप ।

ब्याट्री टिकाउः एन्ड्रोइड

निश्चय नै स्मार्टफोन प्रयोगकर्ताका लागि ब्याट्रीको टिकाउपन र चार्जिङमा लाग्ने समय अर्को महत्वपुर्ण विषय हो । समान किसिमको हार्डवेयर प्रयोग नभएका कारण ब्याट्रीमा आईओएस तथा एन्ड्रोइड कुन उत्तम त्यसै भन्न मुस्किल छ । यद्यपी एन्ड्रोइडमा तेलनात्मक रुपमा ठूलो तथा बढी क्षमताको ब्याट्री पाउन सकिन्छ ।

एन्ड्रीइड र आईओएस दुबैमा ब्याट्रीको खपत एपमा विभाजन सहितको जानकारी एक झलकमै देख्न सक्नुहुनेछ । तर, ब्याट्री कति समय टिक्छ भन्ने जानकारी भने एन्ड्रीइडमा मात्रै देख्न सकिन्छ । फोनको प्रर्फरमेन्स, कनेक्टिभिटी लगायतका पावर बढी खपत गर्ने फिचरलाई सीमित गर्दै ब्याट्रीको आयू बढाउने फिचर दुबैमा छ ।

तर आफ्नो आवश्यकता अनुसार कस्टमाइज गर्न सकिने बढी सुविधा एन्ड्रोइडमा पाउन सकिन्छ । धेरैजसो एन्ड्रोइड फोनहरुमा फास्ट चार्जिङ तथा वारयलेस चार्जिङको सुविधा छ । यद्यपी एप्पलको आईफोन ८, ८ प्लस, आईफोन एक्स आईफोन इलेभेनमा वायरलेस चार्जिङ तथा फास्ट चार्जिङ दुबै सुविधा समावेश गरिएको छ ।

अपडेटः आईओएस

नयाँ सफ्टवेयर अपडेट तथा सेक्युरिटी प्याचेज तत्कालै सबै आईफोन प्रयोगकर्ताहरुका लागि उपलब्ध हुन्छन् । यदि तपाईले त्यस्तै अपेक्षा एन्ड्रोइडमा गर्नुहुन्छ भने त्यसका लागि तपाईले गुगलको पिक्सेल फोन खरीद गर्नुपर्ने हुन्छ ।

करीब ९० प्रतिशत आईओएस डिभाइसहरु अहिले पछिल्लो अपडेट सहित चलिरहेका छन् । जब कि एन्ड्रोइड ९.० पाई पछिका करीब १० प्रतिशत एन्ड्रोइड डिभाइसमा मात्रै पछिल्लो अपडेट उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३