close

दशैं तिहारमा ओप्पोका उत्पादन खरिद गर्दा ओप्पो एफ१७ प्रो जित्ने अवसर

टेकपाना टेकपाना

असोज २२, २०७७ १८:३३

दशैं तिहारमा ओप्पोका उत्पादन खरिद गर्दा ओप्पो एफ१७ प्रो जित्ने अवसर

काठमाडौं । ओप्पोले दशैँ तथा तिहारलाई लक्षित गर्दै ‘एसएमएस क्याम्पेन’ सुरु गरेको छ । यसअन्तर्गत उपभोक्ताले ओप्पोको उत्पादन खरिद गरी त्यसमा रहेको आईएमईआई/सीएमईआई/डीसी कोड एसएमएस गरी योजनामा सहभागी हुने सक्नेछन् ।

फोन खरिद गर्ने ग्राहकले एसएमएसमा ‘ओप्पो स्पेस आईएमईआई नम्बर’ र आईओटी उपकरणका लागि ‘ओप्पो स्पेस सीएमईआई वा डीसी कोड’ उल्लेख गरी ३७००१ नम्बरमा एसएमएस पठाउनु पर्नेछ ।

प्राप्त एसएमएस मार्फत हरेक चरणमा ५ जना भाग्यशाली विजेताको छनोट गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार छनोटमा परेकामध्ये पहिलो दुई चरण (अक्टोबर ८ देखि २२) सम्म प्रथम पुरस्कार विजेताले ओप्पो एफ१७ प्रो, दाेस्राे पुरस्कार विजेताले ४१ एमएम ओप्पो वाच, तेस्राे पुरस्कार विजेताले ओप्पो एवानके स्मार्टफोन प्राप्त गर्नेछन् ।

त्यस्तै चौथो पुरस्कार विजेताले ओपो डब्ल्यू ५१ र पाँचौं पुरस्कार विजेताले ओपो डब्ल्यू ११ एक–एक थान प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी दाेस्रो चरण (नोभेम्बर ७ देखि १४) सम्म अथवा तेस्रो लक्की ड्र मार्फत प्रथम पुरस्कार विजेताले ओपो एफ१७ प्रो, दाेस्राे पुरस्कार विजेताले ओप्पो एफ१७, तेस्राे पुरस्कार विजेताले ओप्पो एवानके स्मार्टफोन, चौथो पुरस्कार विजेताले ओप्पो डब्ल्यू ५१ र पाँचौं पुरस्कार विजेताले ओप्पो डब्ल्यू ११ एक–एक थान प्राप्त गर्नेछन् ।

विजेताको घोषणा क्रमशः अक्टोबर १७, २३ र नोवेम्बर १५ का दिन ओप्पो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत गरिनेछ ।

क्याम्पेन अवधिभर, लक्की ड्रमा विजेताका रुपमा छनोटमा नपरेका सहभागीलाई स्वतः अर्को लक्कि ड्रका लागि सहभागि गराइने उल्लेख छ ।

तसर्थ, एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्की ड्रसम्म जीत हात पार्ने अवसर प्राप्त गर्नेछन् ।

बिहिबारबाट सुरु भएको यो उपहार योजना नोभेम्बर १४ सम्म सञ्चालनमा रहने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०