close

माइक्रोसफ्टका कर्मचारीले अब स्थायीरुपमै घरबाट काम गर्न पाउने

टेकपाना टेकपाना

असोज २३, २०७७ २०:५३

माइक्रोसफ्टका कर्मचारीले अब स्थायीरुपमै घरबाट काम गर्न पाउने

काठमाडौं । माइक्रोसफ्टका कर्मचारीले अब सधैंका लागि घरबाटै काम गर्न पाउने भएका छन् । कोभिड–१९ का कारण सामाजिक दुरी कायम गर्नुपर्ने अहिलेको अवस्थामा धेरै जसो कार्यालयमा वर्क फ्रम होम चलिरहेको छ ।

यसैबीच माइक्रोसफ्टले भने आफ्ना कर्मचारीलाई स्थायी रुपमै घरबाट काम गर्न सकिने कार्यविधि बनाएको छ । कर्मचारीको हितमा बनेको माइक्रोसफ्टको उक्त कार्यविधि अनुसार यदि कुनै कर्मचारीको भूमिका अनलाइनबाटै काम गर्न सकिने खालको भएमा उसले पूर्णरुपमा घरबाटै काम गर्न पाउने छ ।

अन्यको हकमा पनि कर्मचारीले आफ्नो ५० प्रतिशतभन्दा बढी समय घरबाटै काम गर्न सक्ने उल्लेख छ । तर, यी दुवैको लागि आफ्नो म्यानेजरबाट स्वीकृति लिनुपर्ने उल्लेख गरिएको छ ।

यदि म्यानेजरले पूर्ण रुपमा वर्क फ्रमको सुविधाका लागि स्वीकृति दिएको खण्डमा कार्यालयमा उपस्थिति हुनु नपर्ने खालको प्रावधान कार्यविधिमा राखिएको छ । तर, केही कर्मचारीको हकमा भने यो प्रावधानले काम नगर्ने देखिएको छ ।

किन भने माइक्रोसफ्टले हार्डवेयरको एक्सेज, ल्यावको एक्सेस, डेटा सेन्टर र इन–पर्सनल ट्रेनिङमा भने त्यस किसिमको सुविधा उपलब्ध नहुने जनाएको छ । अर्कोतर्फ माईक्रोफ्टले कर्मचारीले चाहेको अवस्थामा आफ्नो लोकेसन परिवर्तन गरेर पनि काम गर्न सक्ने जनाएको छ ।

यसको अर्थ कर्मचारीले अनलाइनमार्फत सधैं एक्सेसमा रहेर काम गर्न सक्नेछन् । साथै अमेरिकामा बस्दै आएका कर्मचारी अन्यन्त्र देशमा गएर पनि काम गर्न सक्नेछन् । तर, त्यसका लागि पनि कम्पनीबाट स्वीकृति लिनुपर्ने उल्लेख गरिएको छ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४