close

किया ब्राण्डका गाडी किन्न २४ घण्टामै अटो लोन दिँदै एनएमबी बैंक

टेकपाना टेकपाना

असोज २५, २०७७ १२:२६

किया ब्राण्डका गाडी किन्न २४ घण्टामै अटो लोन दिँदै एनएमबी बैंक

काठमाडाैं । एनएमबी बैंक र किया अटोमोबाइलको नेपालस्थित वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राईजिङबीच किया अटोमोबाइलको प्राथमिक फाइनान्सिङको रुपमा सहज कार्यान्वयनको लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

उक्त साझेदारीको प्रावधान अनुरुप एनएमबी बैंकले कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिद्वारा रिफर गरिएको एनएमबी अटो लोन सर्वसुलभ ब्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने सुनिश्चितता ग्राहकहरुलाई प्रदान गर्दछ ।

समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका तर्फबाट निर्देशक आशिष पौड्यालले हस्ताक्षर गरे ।

दुवै संस्थाले संयुक्त रूपमा साझेदारीलाई बढावा दिनेछन् र ग्राहकसँगको अन्तक्रियाले ब्रान्ड भ्यालु बढाउन ग्राहकको अनुभव बढाउन सुनिश्चितता गर्नेछ ।

किया मोटर्स दक्षिण कोरियाबाट आयातित एक अटोमोबाइल ब्रान्डको रूपमा रहेको छ । यो सहकार्यले ग्राहकहरूको लागि सहज वित्तीय सुविधा सहित एक उत्तम मोटर वाहनको ब्रान्ड प्राप्त गर्ने चाहना साकार गर्ने मद्दत गर्नेछ विश्वास बैंककाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४