ट्रेन्डिङ:
बग हन्टरका लागि फेसबुकले ल्यायो लोयल्टी प्रोग्राम ‘ह्याकर प्लस’ अनलाइनमै निःशूल्क कोरोनाको परामर्श दिने च्याटबोट ईसेवाको दशैं उत्सव, रू. १ गेमदेखि निःशुल्क हवाई टिकटसम्म काखमा राखेर ल्यापटप चलाउनुहुन्छ ? स्वास्थ्यमा यस्ता हुन्छन् खतरा नेपाल टेलिकमको रिचार्जमा ४ प्रतिशत क्यासब्याक सेलपे र एनएमबी बैंकबीच सहकार्य, मोबाइलबाटै विभिन्न भुक्तानी गर्न सकिने फेसबुक र गुगलको सम्मेलनमा शीर्ष २५ भित्र परे चार नेपाली सुबिसुको सिस्टम अपग्रेड सम्पन्न, इन्टरनेट नचले सम्पर्क गर्न आग्रह इरानी सरकारले इन्टरनेट बन्द गरेपछि स्टारलिङ्कको स्याटलाइटबाट सेवा दिने एलन मस्कको घोषणा फिक्स्ड लाइन इन्टरनेटमा फाइबरको दबदबा, ५ वर्षमै ५५ गुणा प्रयोगकर्ता थपिए
close

बग हन्टरका लागि फेसबुकले ल्यायो लोयल्टी प्रोग्राम ‘ह्याकर प्लस’

टेकपाना टेकपाना

असोज २५, २०७७

बग हन्टरका लागि फेसबुकले ल्यायो लोयल्टी प्रोग्राम ‘ह्याकर प्लस’

काठमाडौं । फेसबुकले बग हन्टरका लागि पहिलो लोयल्टी प्रोग्राम स्वरुप बग बाउन्टी प्लेटफर्म ह्याकर प्लस सार्वजनिक गरेको छ । 

एयरलाइन्स र होटलहरुले यस्ता लोयल्टी प्रोग्रामहरु प्रयोग गरेपछि फेसबुकले ह्याकर प्लस ल्याएको हो । यसले बग हन्टरहरुको विगतको रिपोर्टको आधारमा उनीहरुलाई बोनस तथा स्पेसल पर्क्सहरु प्रदान गर्ने फेसबुकले बताएको छ ।  

फेसबुकको बग बाउन्ट प्लेटफर्मभित्र बग सब्मिट गर्ने बग हन्टरहरु आफै ह्याकर प्लसको लोयल्टी प्रोग्रामभित्र र्‍याङ्कमा बस्ने छन् ।

फेसबुकले अनुसन्धानकर्ताहरुको समग्र परिमाण, स्कोर, बग सब्मिसनको ‘सिग्नल टु न्वाइज रेसियो’को आधारमा उनीहरुको पर्फमेन्सको निरन्तर मूल्याङ्कन गर्ने योजना रहेको बताएको छ । 

स्कोरको आधारमा बग हन्टरहरुलाई ब्रोन्ज, सिल्भर, गोल्ड, प्लेटिनम र डायमन्ड गरेर पाँच लिगमा विभाजन गरिनेछ । सफल बग सब्मिसनसँगै जोडिदै जाने बोनसले लिगको र्‍याङकिङमा सहयोग गर्नेछ । 

ब्रोन्ज लिगमा भएका हन्टरहरुले प्रत्येक बगको सफल सब्मिसनमा पाँच प्रतिशत बोनस प्राप्त गर्छन् । यस्तै डायमन्ड लिगमा भएका हन्टरहरुले प्रत्येक बाउन्टीमा २० प्रतिशत बोनस प्राप्त गर्दछन् ।

सबैभन्दा माथिल्ला गोल्ड, प्लाटिनम र डायमन्डमा रहेका बग हन्टरहरुले लन्च अगाडि नै नयाँ फिचर स्ट्रेस टेस्ट गर्नका लागि एक्सक्लुसिभ इन्भिटेसन पाउन सक्नेछन् । 

डायमन्ड र प्लाटिनम लिगमा भएका हन्टरहरुले यात्रा र अकोमोडेसन सहितको बग बाउन्टी इभेन्टमा सहभागी हुन सक्नेछन् । 

यससँगै फेसबुकले बग हन्टरहरुका लागि नयाँ टुल पनि सार्वजनिक गरेको छ । उसले फेसबुक बग डिस्क्रिप्सन ल्याङग्वेज अर्थात् एफबीडीएल नामको नयाँ टूल सार्वजनिक गरेको हो ।

यसले हन्टरहरुलाई उनीहरुले पत्ता लगाएको सुरक्षा कमजोरीबारे राम्रो डिस्क्रिप्सन लेख्न मद्दत गर्दछ । यसले गर्दा रिपोर्ट सब्मिट गरिसकेपछि फेसबुकका कर्मचारीरुले रिपोर्टलाई विश्लेषण गरेर सजिलै बग भेट्टाउन सक्ने कम्पनीको अपेक्षा छ ।