close

सार्वजनिक हुने तरखरमा रेड्मी नोट टेन, कस्तो होला फिचर ?

टेकपाना टेकपाना

असोज २५, २०७७ २२:१४

सार्वजनिक हुने तरखरमा रेड्मी नोट टेन, कस्तो होला फिचर ?

काठमाडौं । साओमीको नयाँ स्मार्टफोन रेड्मी नोट टेन चाँडै सार्वजनिक जानकारी लिक भएको छ । मोडल नम्बर एम २००७ जे १७ सी मोडल नम्बरबाट यो स्मार्टफोन स्पोट गरिएको छ ।

फोनमा १०८ मेगापिक्सेलको मेन क्यामेरा हुनेछ भने साथमा म्याक्रो क्यामेराको आशा गरिएको छ । यो रेड्मी ब्राण्डको पहिलो स्मार्टफोन हुनेछ, जसमा हाइ रेजोलुसन सेन्सर रहनेछ ।

लिक भएको रिपोर्टमा दाबी गरिए अनुसार यो रेड्मी स्मार्टफोनमा यसै महिना चीनमा सार्वजनिक हुनसक्नेछ । त्यसपछि अन्य देशमा यो फोन आउने बताइएको छ ।

चीनको सामाजिक सञ्जाल वाइबोमा यो फोनका सबै विवरण सार्वजनिक गरिएका छन् । यो लिक रिपोर्टमा रेड्मी नोट टेन स्मार्टफोन गत सेप्टेम्बरमा सार्वजनिक भएको मि टेन लाइटको रिब्राण्डेड भर्सन हुनेछ ।

यसमा यस अघि सार्वजनिक यही सिरिजको रेड्मी नोट नाइनमा जस्तै चार वटा क्यामेरा भएको क्वाड क्यामेरा सेटअप हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४