close

वानप्लस एटटीसँगै नोर्डको स्पेसल एडिसन सार्वजनिक हुँदै, के होला खास ?

टेकपाना टेकपाना

असोज २६, २०७७ २१:२३

वानप्लस एटटीसँगै नोर्डको स्पेसल एडिसन सार्वजनिक हुँदै, के होला खास ?

काठमाडौं । वानप्लसले यसै हप्ता एक इभेन्ट आयोजना गर्दैछ । १४ अक्टुबर अर्थात आगामी बुधबार भर्चुअल रुपमा आयोजना हुने इभेन्टमार्फत वानप्लस एटटी फाइभजी सार्वजनिक हुनेछ ।

यससँगै वान प्लस नोर्डको एक स्पेसल एडिसन समेत कम्पनीले सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ । वानप्लसले एक टिजर जारी गरेको छ ।

जिसमा वानप्लस नोर्डको स्पेसल एडिसन देख्न सकिन्छ । टिजरबाट यो कुरा स्पष्ट भएको छ कि वानप्लस नोर्ड स्यान्डस्टोन ब्ल्याक कलर भेरियन्टमा सार्वजनिक हुनेछ ।

वानप्लसले ढुंगाहरुबीच र बालुवामाथि आफ्नो लोगो भएको टिजर पोस्ट गरेको छ । यसबाट वानप्लस नोर्ड स्याण्डस्टोन भेरियन्ट हुने लख काटिएको छ ।

यहाँनिर ख्याल गर्नुपर्ने कुरा के छ भने वानप्लसले सुरुवाती चरणमा स्याण्डस्टोन ब्याक भएको स्मार्टफोन सार्वजनिक गर्दै आएको छ । अब उक्त ट्रेन्डमा परिवर्तन गर्दै कम्पनीले ग्लास मेटल डिजाइनका साथ स्मार्टफोन सार्वजनिक गर्‍यो ।

स्याण्डस्टोन फिनिसयुक्त फोनका छुट्टै फ्यान फलोअर छन् । त्यसैले कम्पनी वानप्लस नोर्डलाई स्याण्डस्टोन भेरियन्टमा ल्याउन खोजिरहेको छ ।

मिड रेञ्ज स्मार्टफोनको रुपमा आउने वानप्लस नोर्डको यो स्पसल स्याण्डस्टोन ब्याक भेरियन्टको हार्डवेयरमा परिवर्तन देख्न सकिने आशा भने कमै छ । यसमा केवल कलर भेरियन्ट फरक भए पनि हार्डवेयर वानप्लस नोर्ड जस्तै हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४