close

एन्ड्रोइड स्मार्टफोनका लागि गुगलले सार्वजनिक गर्‍यो ६ नयाँ फिचर

टेकपाना टेकपाना

असोज २६, २०७७ २२:३६

एन्ड्रोइड स्मार्टफोनका लागि गुगलले सार्वजनिक गर्‍यो ६ नयाँ फिचर

काठमाडौं । गुगलले एन्ड्रोइड स्मार्टफोनका लागि ६ वटा नयाँ फिचर सार्वजनिक गरेको छ । यी फिचर नयाँ स्मार्टफोनका लागि मात्र नभएर पुराना भर्सनका स्मार्टफोनमा समेत उपलब्ध हुनेछन् ।

एन्ड्रोइडका यी नयाँ फिचर गुगल असिस्टेन्स, डुओ एप लगायतका लागि ल्याइएका हुन् । गुगल असिस्टेन्सको कुरा गर्दा अब तपाईं यसबाट आफ्नो स्मार्टफोनमा एपलाई सहजै ओपन गर्न र सर्च गर्नका लागि प्रयोग गर्न सक्नुहुनेछ ।

उदाहरणका लागि ‘हे गुगल चेक न्युज अन ट्वीटर’ भनेर अह्राउन सक्नुहुनेछ । यस्ता कमान्डलाई तपाईं कस्टमाइज गर्न पनि सक्नुहुनेछ । गुगल असिस्टेन्टको यो फिचर तपाईंले अहिले देखि नै प्रयोग गर्न सक्नुहुनेछ ।

यस बाहेक गुगलले आफ्नो भिडियो कलिङ एप डुओमा स्क्रिन शेयरिङ फिचरलाई इनेबल गरिदिएको छ । यससँगै अब डुओमा भिडियो कलिङ गर्दा तपाईंले आफ्नो फोनको स्क्रिन शेयर गर्न सक्नुहुनेछ ।

साथै गुगलले भिडियो म्यासेजका लागि अटोमेटिक क्याप्सनलाई समेत थप गरेको छ । यो फिचर खास गरी सुन्नमा कठिनाई हुने प्रयोगकर्तका लागि उपयोगी हुनेछ ।

गुगलले गएको महिना फोनमा स्पाम कल रोक्न सकिने र कसले कल गर्न सर्दैछ भन्ने कुराको जानकारी दिने फिचर ल्याउने घोषणा गरेको थियो । कम्पनीले एन्ड्रोइड नाइन पछिका सबै स्मार्टफोनका लागि यो फिचर ल्याउँदै छ ।

यदि तपाईंसँग गुगल फोन एप बाइ डिफल्ट रुपमा उपलब्ध छैन भने प्ले स्टोरबाट सजिलै डाउनलोड गर्न सक्नुहुनेछ । जसमा गुगलको यो नयाँ फिचर उपलब्ध हुनेछ ।

एन्ड्रोइड स्मार्टफोनमा अर्को नयाँ पिचर साउन्ड नोटिफिकेसन समेत थप गरिएको छ । यसले तपाईंलाई आसपासका महत्वपूर्ण आवाजहरुलाई अलर्टको रुपमा जानकारी गराउनेछ ।

साउन्ड नोटिफिकेसनले तपाईंलाई वरपर बज्ने फायर अलार्म, ढोका ढकढकाएको, मोम अप्लायन्सको बिपिङ, कुकुर कराएको, बच्चा रोएको आदि जस्ता आवाजलाई फ्ल्याश लाइट तथा भाइब्रेसनको रुपमा पुश नोटिफिकेसन दिनेछ ।

यो फिचरलाई स्मार्टवाच ओएसमा पनि सेट गर्न सकिनेछ । यो फिचर लाइभ ट्रान्सक्राइब एपमा उपलब्ध छ । कग्नेटिभ डिसेबिलिटी तथा उमेर जन्य समस्या भएका व्यक्तिहरुका लागि गुगलले ल्याएको एक्सन ब्लक्स एप अब शर्ट फ्रेज सञ्चारका लागि समेत प्रयोग गर्न सकिनेछ ।

एक्सन ब्लक्सलाई हजारौं पिक्चर कम्युनिकेसन सिम्बोलका साथ अपडेट समेत गरिएको छ । साथै गुगलले एपमा जापानी, फ्रेन्च, जर्मन र इटालियनका लागि समेत सपोर्ट थप गरेको छ ।

नयाँ क्रोमकास्ट सार्वजनिक गरेसँगै कम्पनीले गुगल टिभी ल्याएको थियो । गुगल प्ले मुभिज एन्ड टिभीलाई गुगल टिभीमा रिब्रान्ड गर्दैछ ।

अब अपडेटेड एप अमेरिकामा एन्ड्रोइड फोनका लागि उपलब्ध गराइएको छ । गुगलले यूआईलाई समेत अपडेट गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४