close

एप्पलले ल्यायो होमपोड मिनी स्पिकर, मूल्य ९९ डलर

टेकपाना टेकपाना

असोज २७, २०७७ २३:६

एप्पलले ल्यायो होमपोड मिनी स्पिकर, मूल्य ९९ डलर

काठमाडौं । एप्पलले आफ्नो होमपोड मिनी स्पिकर सार्वजनिक गरेको छ । यसमा एस फाइभ चिप रहेको छ, जसले ३६० डिग्री नै वरिपरी ध्वनी प्रसार गर्दछ ।

होम पोड मिनीको माथिल्लो भागमा टच सर्फेस रहेको छ जसमा प्ले, पज र भोल्युम कन्ट्रोल रहेको छ ।

यसमा एप्पलको भ्वाइस असिस्टेन्ट सिरीले पनि सपोर्ट गर्दछ । एप्पलको गोपनीयता र सुरक्षालाई ध्यानमा राखेर याे उपकरण तयार गरिएको हाे ।

नाेभेम्बर ६ देखि अर्डर खुल्ला गरिएको होम पोड मिनीको मूल्य मात्र ९९ डलर रहेको छ । एप्पलले होमपोड मिनी सार्वजनिक गरेको छ ।

होमपोड मिनी स्वचालित रुपमा होम एपमा कनेक्ट हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४