close

एआईमा आधारित एलजीका टिभी र अडीयो सिस्टमलाई एक्सपर्टको अवार्ड

टेकपाना टेकपाना

कात्तिक ६, २०७६ १९:६

एआईमा आधारित एलजीका टिभी र अडीयो सिस्टमलाई एक्सपर्टको अवार्ड

एलजी इलेक्ट्रोनिक्सले एक्सपर्ट इमेज एण्ड साउण्ड एशोसियशन (ईआईएसए) को अवार्ड हात पारेको छ । ईआईएसए घरायसी विद्युुतिय सामग्रीको एडीटोरीयल संस्थाको रुपमा चिनीएको छ ।

जसमा विश्वका २९ वटा देशका ५५ वटा पब्लिककेशन हाउस संलग्न रहेका छन् । उक्त संस्थाले यो वर्ष एलजीका चार उत्पादनलाई उत्कृष्ट अवार्ड प्रदान गरेको छ । कम्पनीका अनुसार अवार्ड प्राप्त गर्ने चार उत्पादनमा एलजी ओएलईडी टीभी, एलजी नानोसेल टीभी, एलजी साउण्डबार र एलजी एक्सबुम गो रहेका छन् । यी उत्पादनहरू उत्कृष्ट कार्यक्षमता, डिजाइन, नयाँ प्रविधि र ग्राहकलाई दिएको महत्वका कारण सम्मानित भएका हुन ।

जसमा एलजी ओएलईडी टीभीले ‘वेष्ट प्रिमियम ओएलईडी टीभी २०१९–२०२०’ अवार्ड हात पारेको हो । यो सँगै एलजी ओएलईडी टीभीले लगातार आठौं पटक यो अवार्ड हात पारेको छ । टीभीले यसवर्षको सुरुवातमा कोभेटेड आईएफ डिजाईन अवार्ड समेत हात पारेको थियो । टीभीमा प्रयोग भएको सेकेण्ड जेनरेसन अल्फा ९ जेन २ इन्टेलिजेन्स प्रोसेसर रहेको छ । जसले उत्कृष्ट पिक्चर र साउण्ड क्वालीटी प्रदान गर्ने जनाइएको छ ।

त्यस्तै एलजी नानो सेल टीभी एआई थिंकक्यूले स्मार्ट होम टीभी २०१९–२०२० अवार्ड हात पारेको हो । उत्कृष्ट भिडियो र साउण्ड सिस्टमका कारण यो अवार्ड प्रदान गरिएको जनाइएको छ । यसमा सेकण्ड जेनरेसन अल्फा ७ जेन २ प्रोसेसर प्रयोग गरिएको छ ।

अर्को अवार्ड प्राप्त गर्ने उत्पादनहरुमा एलजी साउण्डबार र एलजी एक्सबुम गो रहेका छन् । यी दुबै पोर्टेवल स्पिकर हुन् । जसले साउण्डबार २०१९–२०२० र मोबाइल स्पिकर २०१९–२०२० अवार्ड हात पारेका छन् । एलजीले मेरिडियन अडियो कम्पनीसँगको सहकार्यमा बनाइएका साउण्ड सिस्टमले उत्कुष्ट साउण्डका लागि अवार्ड हात पारेका हुन् ।

अवार्ड हात पारेसँगै एलजी मोबाइल कम्युनिकेशन एण्ड होम इन्टरटेनमेन्ट कम्पनीका अध्यक्ष ब्रायन क्वानले अवार्ड पाएकोमा खुसी व्यक्त गरेका छन् । उनले आगामी दिनमा पनि एलजीले ग्राहकको माग अनुसार नयाँ प्रविधि र ग्राहकमैत्री उत्पादन बजारमा ल्याउने बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३