close

अब सबै शाखामा राष्ट्रिय वाणिज्य बैंकको पोस मेसिन

टेकपाना टेकपाना

असोज ३०, २०७७ १६:१७

अब सबै शाखामा राष्ट्रिय वाणिज्य बैंकको पोस मेसिन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सम्पूर्ण शाखामा बैंककै प्वइन्ट अफ सेल (पाेस) मेसिनमार्फत सेवा प्रदान गर्ने भएको छ । दशै एवं तिहार लगायतको पर्वलाई मध्यनजर गर्दै बैंकले शनिबारबाट उक्त सेवाको सुरुवात गर्न लागेको हो ।

विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्थालाई प्रभावकारी बनाउने उद्देश्यका साथ पाेसको माध्यमबाट भुक्तानी सेवा सुरु गरिएको छ ।

योसँगै देशभर रहेका विभिन्न व्यवसायमा बैंकको कार्डबाट पाेस मेसिनमार्फत रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत रकम क्यासब्याक उपलब्ध हुने बैंकले जनाएको छ ।

विश्वव्यापीरुपमा फैलिएको कोराना महामारीको समयमा विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने र यस प्रकारको प्रणालीबाट ग्राहकलाई समेत सहज पुग्ने अपेक्षा रेहको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताएका छन् ।

बैंकको हाल देशैभर २४१ वटा शाखा कार्यालय, २०५ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ सेवा रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३