close

सामसङ क्युएलईडी टिभीको प्रिबुकिङ खुला, बुकिङ गर्नेलाई मोबाइल नि:शुल्क

टेकपाना टेकपाना

कात्तिक १, २०७७ ८:१७

सामसङ क्युएलईडी टिभीको प्रिबुकिङ खुला, बुकिङ गर्नेलाई मोबाइल नि:शुल्क

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले २०२० क्युएलईडी टिभीको प्रिबुकिङ खुला गरेको छ । विश्व बजारमा पाएको सफलतापछि कम्पनीले उक्त टिभी नेपाली बजारमा भित्र्याएको हो ।

याे क्युएलईडी टिभी खरिद गर्न चाहाने ग्राहकले कात्तिक १५ गतेसम्म बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ । प्रिबुकिङ गर्दा ग्राहकले ८५ इन्चको टिभी पाँच लाख ८० हजार ६ सय ८३ रुपैयाँमा प्राप्त गर्नेछन् ।

त्यस्तै ७५ इन्चको टिभी ४ लाख ४२ हजार ४ सय २५ रुपैयाँमा खरिद गर्न सकिने उल्लेख गरिएको छ । यस योजनामा ग्राहकले निःशुल्क उपहार पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

निःशुल्क उपहार अन्तर्गत ८५ इन्चको टिभी खरिदमा ग्यालेक्सी नोट १० लाईट तथा ७५ इन्चको टिभी खरिदमा ग्यालेक्सी ए७१ प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

ग्राहकले उक्त टिभी १० हजार रुपैयाँ बुझाएर बुकिङ गर्न सक्ने उल्लेख गरिएको छ । कम्पनीका अनुसार क्युएलईडी टिभीमा लाइट अनुसार नानाे पार्टिकल्सको साइज परिवर्तन गर्नको लागि सेमिकन्डक्टर मेटेरियलहरुको प्रयोग गरिएको छ ।

उच्च ब्राइटनेस तथा उत्कृष्ट कलरका क्वान्टम डट्सका साथै शतप्रतिशत कलर भोल्युम प्रयोग गरिएको उल्लेख गरिएको छ । जसले जतिसुकै ब्राइटनेसको अवस्थामा पनि उच्चस्तरीय कलर प्रदान गर्ने दाबी कम्पनीको छ ।

टिभीमा वर्षाैसम्म ब्राइटनेसमा एकरुपता एवं स्पष्ट इमेज क्वालिटी प्रदान गर्ने कम्पनीले जनाएको छ ।
मल्टि भ्यु अप्सनमार्फत टिभीलाई दुई भागमा बाँड्न सकिन्छ । जसमा एक भागमा टिभी हेर्न र अर्को भागमा आफ्नो मोबाइललाई मिरर गर्न सकिने उल्लेख गरिएको छ ।

यसका साथै टिभीमा थ्रिडी सिनेम्याटिक साउन्ड, ओटीसी (अब्जेक्ट ट्र्याकिङ्ग साउन्ड) पिसी मोड, रियल गेमिङ इन्ह्यान्सर प्लस, मल्टि भ्वाइस असिटेन्स लगाएका फिचर रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३