close

नेपाली बजारमा सामसङ ग्यालेक्सी जेट फोल्ड टूको बिक्री सुरु

टेकपाना टेकपाना

असोज ३०, २०७७ १८:२३

नेपाली बजारमा सामसङ ग्यालेक्सी जेट फोल्ड टूको बिक्री सुरु

काठमाडौं । सामसङले नेपाली बजारमा ग्यालेक्सी जेट फोल्ड टू स्मार्टफोनको बिक्री सुरू गरेको छ । थर्ड जेनरेसन फोल्डेबल स्मार्टफोनकाे रूपमा ग्यालेक्सी जेट फोल्ड टू नेपालमा पहिलोपल्ट उपलब्ध गराइएको हो ।

अत्याधुनिक प्रविधि प्रेमीलाई लक्षित गरी याे स्मार्टफाेन बनाएकाे दाबी गर्दै कम्पनीले माेबाइल अनुभवमा ठूलाे परिवर्तन ल्याउने विश्वास राखेकाे छ ।

सामसङ मोबाइल नेपालका बिजिनेश हेड, प्रणयरत्न स्थापितले आफूहरु ग्यालेक्सी जेट फोल्ड टू सँगै ग्राहकहरुलाई अझै नयाँ, सहज तथा उत्कृष्ट अनुभव प्रदान गर्न अगाडि बढेकाे बताए ।

परिष्कृत डिजाइन

कम्पनीका अनुसार ग्यालेक्सी जेट फोल्ड टू बोल्ड डिजाइन तथा एड्भान्स इन्जिनियरिङले सजिएको छ । फाेनमा ६.२ इन्चकाे इनफिनिटी ओ स्क्रिन कभर रहेकाे छ ।

यसअन्तर्गत हरेकपल्ट डिभाइस अनफोल्ड नगरिकन, मेल चेक गर्न तथा आफूलाई मनपरेको कन्टेन्ट मज्जाले हेर्न वा अधिकतम उपयोग गर्न सकिन्छ । जब अनफोल्ड गरिन्छ १९.३० से मी (७.६ इन्च) न्यूनतम बेजलको फाइदा लिन सकिन्छ ।

याे फाेन विशेष तथा परिष्कृट डिजाइनसँगै रि–इन्जिनियरिङ गरिएको छ, जसले स्मुथ र हाई एन्ड अनुभव दिन्छ । सामसङ अल्ट्रा–थिन ग्लास मेन स्क्रिनमा राखिएको छ ।

यसकाे डिजाइन हाइडवे हिन्जले बाँधिएको हुन्छ, जुन डिभाइस बडीसँग मज्जाले फिट हुन्छ । सिएएम मेकानिज्मभित्र रहेर यसले न्यु फ्लेक्स अनुभन दिन्छ ।

फाेनमा विशेष स्विपर टेक्नोलोजी प्रयोग गरिएको छ, जसले मोबाइल र हिन्ज हाउजिङको ग्यापको बीचमा धुलो र अनावश्यक पार्टिकल्सलाई हटाउँछ ।

आफूले चाहेजस्तै गरी प्रयोग गर्न सकिने सुविधा

कभर र मेन स्क्रिनबीचमा बाउन्ड्री विस्तार गरी विस्तारित क्षेत्रको उपयोगिता प्रदान गर्न यसमा फ्लेक्स मोडलाई फोनसँग पेयर गर्न सकिने सुविधा रहेको छ ।

यसको फ्लेक्स मोडले गर्दा फोनमा रियल टाइममै विषयवस्तुहरु कैद गरी त्यस्ता विषयवस्तुहरुलाई सहजै व्यवस्थापन गर्न सकिन्छ । यसको क्याप्चर भ्यू मोडलले क्यामरा एपलाई छोड्नु नै पर्दैन ।

स्पष्टसँग फोटो वा भिडियोहरुको मोस्ट रिसेन्ट पाँच वटा तस्वीर वा भिडियो मेन स्क्रीनको तलपट्टि देखा पर्दछ र अर्को फोटोको प्रिभ्यू टप हाफमा देखा पर्दछ ।

ग्यालेक्सी जेड फोल्ड टूमा ह्याण्डस् फ्रीको अवस्थामा पनि भिडियो रेकर्ड गर्ने सुविधा उपलब्ध रहेको छ र चलिरहेकै अवस्थामा पनि विषय निर्धारण गर्न सकिन्छ ।

एकै समयमा मेन र कभर स्क्रिनको प्रयोगले ड्युयल प्रिभ्युको सुविधा प्राप्त हुन्छ र दुवै पक्षले क्याप्चर भएको कुरा देख्न सक्नुहुने छ । यसमा उच्चस्तरीय सेल्फी खिच्नको लागि कभर स्क्रिनमा भ्यू फाइन्डरको रुपमा राखिएको छ ।

फ्ल्यागसिप क्यामरा फिचर

फोनमा फ्ल्यागसिप क्यामरा क्वालिटी एवं कन्ट्रोल सुविधा छ । यसमा भएका प्रो भिडियो मोड, सिङ्गल टेक, ब्राइट नाइट र नाइट मोड जस्ता सुविधाहरुले ग्यालेक्सी जेड फोल्ड टूमा एकदमै उत्कृष्ट फोटो खिच्न सकिन्छ ।

वृहत मल्टिटास्किङ्ग सुविधा

अझै धेरै सहजता एवं मल्टिटास्किङ्ग सुविधाको लागि एडभान्स मल्टिटास्किङ्ग विन्डोको प्रयोग गर्न सकिन्छ । एउटै एपमा मल्टी फाइलहरु खोलेर एकै पटक हेर्न र कार्य गर्न सकिने सुविधा यसमा रहेको छ ।

प्रयोगकर्ताहरुले एकैपटक धेरै एपहरु खोलेर एप पियर तथा एज प्यानलमा एकै पटक इन्ट्रिगेसन गर्न सक्छन् । यसमा भएको ड्र्याग एण्ड ड्रप सुविधाले एउटा एपको टेक्स्ट, इमेज, डकुमेन्ट जस्ता विषयवस्तुहरुलाई सहजै अर्को एपमा ट्रान्स्फर गर्न सकिन्छ ।

त्यस्तै एउटा एपमा स्क्रिन क्याप्चर गरेर त्यसरी क्याप्चर गरिएको इमेजलाई अर्को एपमा स्ल्पीट स्क्रिन क्याप्चरको माध्यमबाट सहजै ट्रान्स्फर गर्न सकिन्छ ।

अप्टिमाइज्ड एपको प्रयोग

मेन स्क्रिनमा आफ्नो आवश्यकता अनुसारका अप्टिमाइज्ड यूआईको छनौट गरेर सहज एवं शीघ्र रुपमा ठूलो स्क्रीन र परम्परागत स्क्रिनबीच परिवर्तन गर्न सकिन्छ ।

दैनिक जीवनका हरेक क्षणहरुलाई अझै बढी सुविधा एवं सहजता प्रदान गर्न र दृश्यावलोकनको अनुभवलाई अझै जीवन्तता दिन र ग्राहकको मनपर्ने एपहरुको साथ जीमेल, युट्युव जस्ता एपहरु सहज रुपमा राखिएको छ ।

प्रोडक्टिभिटिको अभिवृद्वि

फाेनमा सुपर फास्ट चार्जकाे सुविधासहितकाे ४५०० एमएएच ब्याट्री छ । यसले वायरलेस सामसङ डेक्सको सुविधा पनि दिन्छ, जसले कामको प्रोडक्टिभिटिको अभिवृद्वि गर्दछ।

डिभाइसमा रहेको यूडब्लुबी (अल्ट्रा वाइड ब्यान्ड) टेक्नोलोजीले ‘नियरबाई शेयर’ मार्फत छिटो र सहज फाइल, फोटो वा भिडियो सेयर गर्ने सुविधा दिन्छ ।

मूल्य सुविधा

ग्यालेक्सी जेट फोल्ड टूको मूल्य रु. २४९,९९९ रहेको छ । याे फाेन असोज २९ गते देखि सामसङ ब्राण्ड स्टोरहरु तथा सलेक्टेड रिटेल स्टोर मार्फत् उपलब्ध गरिएको छ ।

ग्यालेक्सी जेट फोल्ड २ मिस्ट्रिक ब्ल्याक र मिस्ट्रिक ब्रोञ्ज गरी विभिन्न दुई रंगमा छनौट गर्ने सुविधा प्राप्त गर्नेछन् ।

खरिद गर्ने ग्राहकले एकपटकको लागि एनएलजी इस्युरेन्समार्फत् टुटफुटमा १ वर्षको बीमा सुविधा पनि पाइनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३