close

मोबाइलमा वाईफाई स्लो चल्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

असोज ३०, २०७७ २१:३०

मोबाइलमा वाईफाई स्लो चल्छ ? यसो गर्नुहोस्

काठमाडौं । अहिलेको समयमा यस्ता व्यक्ति कमै हुन्छन्, जसले स्मार्टफोनमा इन्टरनेट प्रयोग नगरुन् । सानादेखि ठूला आवश्यकतामा हाम्रो सहारा इन्टरनेट नै बनिरहेको हुन्छ ।

यस्तोमा यदि मोबाइलमा वाईफाईको प्रयोग गरिरहनु भएको छ र स्लो स्पिडमा चलिरहेको छ भने पक्कै पनि नरमाइलो महसुस हुने गर्दछ । यस्तोमा तपाईंले केही सामान्य उपाय अपनाउनु भयो भने वाईफाईको स्पिड बढाउन सक्नुहुन्छ ।

वाईफाईको माध्यमबाट इन्टरनेट प्रयोग गर्दा कतिपय समय हामीलाई इन्टरनेट स्पिड स्लो भएको अनुभूति हुन्छ । वाईफाई नेटवर्क नै स्लो भएका कारणले पनि यसो भएको हुन सक्छ ।

तर कहिलेकाहिँ यस्तो समस्या स्मार्टफोनकै कारणले पनि उत्पन्न भइरहेको हुन्छ । यस्तो समस्या कसरी समाधान गर्ने भन्ने बारेमा आज हामी तपाईंलाई केही टिप्स बताउँदै छौं ।

फ्रिक्वेन्सी ब्याण्डको सेटिङ

सामान्यतया अटो मोडमा पुराना स्मार्टफोनले वाईफाईका लागि २.५ गिगाहर्ज फ्रिक्वेन्सी ब्याण्ड सपोर्ट गर्दछन् । जब कि नयाँ स्मार्टफोनहरु ५ गिगाहर्ज फ्रिक्वेन्सीमा काम गर्दछन् ।

यस्तोमा तपाईंले फोनमा वाईफाई सेटिङमा गएर एक पटक चेकजाँच गर्दा राम्रो हुन्छ । फ्रिक्वेन्सी ब्याण्डलाई अटो मोडमा राख्नुहोस् । जसले तपाईंको फोनले स्वतः स्पेक्ट्रम ब्याण्ड अनुसार वाईफाईमा काम गर्नेछ ।

यसका लागि फोनको सेटिङमा जानुहोस् र वाईफाईको सेटिङ खोल्नुहोस् । त्यसपछि दायाँतर्फ माथिपट्टी रहेको तीन थोप्लामा दबाएर वाईफाई सेटिङको मेनुमा प्रवेश गर्नुहोस् ।

जहाँ तपाईंले एड्भान्स अप्सन पाउन सक्नुहुनेछ । त्यसमा ट्याप गर्नुहोस् । अब तपाईंले वाईफाई फ्रिक्वेन्सी चयन गरेर अटोमा सेट गर्नुपर्ने हुन्छ ।

तर कुनै स्मार्टफोनमा यो सेटिङ अलिक भिन्न हुन सक्छ । अर्को तरिका भनेको यदि वाईफाई स्लो छ भने इन्टरनेटका लागि वाईफाईमा कनेक्ट नै नहुने बनाउनुपर्ने हुन्छ ।

यस्तोमा मोबाइल नेटवर्ककै डेटा चलाउनु उचित हुन्छ । यसका लागि तपाईंले वाईफाईको एड्भान्स सेटिङ वा वाईफाई असिस्टेन्समा जानुपर्ने हुन्छ ।

त्यहाँ अभोइड पुअर कनेक्सनको विकल्प चयन गर्नुहोस् । यसो गर्दा तपाईंको मोबाइलमा वाईफाईको स्पिड समेत फास्ट हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३