close

गुगल प्ले स्टोरका यी ३ सेटिङ, जसले घटाउनेछ फोनको डेटा र ब्याट्री

टेकपाना टेकपाना

कात्तिक १, २०७७ १५:५८

गुगल प्ले स्टोरका यी ३ सेटिङ, जसले घटाउनेछ फोनको डेटा र ब्याट्री

काठमाडौं । तपाईंसँग एन्ड्रोइड स्मार्टफोन छ भने गुगल प्ले स्टोर नहुने कुरै भएन । प्ले स्टोरबाट नै प्रयोगकर्ताले आफ्नो काम र रुचीसँग जोडिएका एपहरु इन्स्टल गरिरहेका हुन्छन् ।

प्ले स्टोरमा केही यस्ता सेटिङ हुन्छन्, जसमा ध्यान नदिने हो भने फोनको डेटा र ब्याट्री धेरै खपत भइरहेको हुन्छ । यी सेटिङलाई मिलाउने हो भने तपाईंको मोबाइलमा डेटा र ब्याट्रीको खपत धेरै मात्रामा कम गर्न सक्छ ।

पहिलो सेटिङ
यदि तपाईंको मोबाइलमा इन्टरनेट डेटा एकदमै छिटो छिटो सकिने गर्दछ भने यो सेटिङ तपाईंका लागि उपयोगी हुनेछ । यसका लागि तपाईंले सुरुमा प्ले स्टोरको सेटिङमा गएर अटो अपडेट एपमा प्रवेश गर्नुपर्ने हुन्छ ।

जहाँ तपाईंले डन्ट अटो अपडेट एप्सलाई छनौट गर्नुपर्ने हुन्छ । यदि तपाईंले ओभर एनी नेटवर्क छान्नु भयो भने कुनै एपको अपडेट आउने वित्तिकै स्वतः अपडेट हुनेछ । यसबाट तपाईंको डेटा र ब्याट्री खर्च भइरहेको हुन्छ ।

दोस्रो सेटिङ
यदि तपाईं प्ले स्टोरको प्रयोग धेरै मात्रामा गर्नुहुन्छ भने यसले पनि फोनको ब्याट्री धेरै छिटो सकिरहेको हुन्छ । त्यसो हुन नदिने तपाईंले सेटिङमा गएर थिममा ट्याप गर्नुपर्ने हुन्छ ।

अब त्यसमा भएको सेट बाई ब्याट्री सेभरलाई छान्नुहोस् । यो सेटिङबाट प्ले स्टोर प्रयोग गरिरहँदा ब्याट्री डिस्चार्ज हुने दर निकै घट्नेछ ।

तेस्रो सेटिङ
कसैले तपाईंको मोबाइलमा लुकिछिपी तपाईंको मोबाइलमा कुनै एप इन्स्टल गरिदिन सक्छ । अथवा बालबालिकालाई आफ्नो स्मार्टफोन दिने गर्नुहुन्छ भने उनीहरुले पनि त्यसमा कुनै एप इन्स्टल गर्न सक्छन् ।

तर प्ले स्टोरको एउटा सेटिङबाट तपाईं यो सबै नियन्त्रण गर्न सक्नुहुन्छ । त्यसका लागि सुरुमा प्ले स्टोरको सेटिङमा जानुहोस् र प्यारेन्टल कन्ट्रोलमा जानुहोस् ।

अब त्यसमा तपाईंले जसै कन्ट्रोल अन गर्नुहुन्छ, चार अंकको पासवर्ड राख्नुपर्ने हुन्छ । पासवर्ड सेट गरेपछि तपाईंको प्ले स्टोर लक हुनेछ र स्टोर खोल्ने बित्तिकै पासवर्ड माग्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३