close

अब सबैलाई टेलिकमको ह्याप्पी लर्निङ प्याक, यसरी लिनुहोस् सेवा

टेकपाना टेकपाना

कात्तिक २, २०७७ १३:३५

अब सबैलाई टेलिकमको ह्याप्पी लर्निङ प्याक, यसरी लिनुहोस् सेवा

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले ह्याप्पी लर्निङ प्याक सबैको लागि उपलब्ध गराएको छ । यसअघि कम्पनीले कोभिड १९ को महामारीको समयमा विद्यार्थीहरुको पठनपाठनमा सघाउ पुर्‍याउने उद्देश्यका साथ यो नयाँ प्याक ल्याएको थियो ।

विद्यालय र विश्वविद्यालयको अनलाइन पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ सस्तो मूल्यमा कम्पनीले यो प्याकेज उपलब्ध गराएको थियो । यसअन्तर्गत ३१५ रुपैयाँमा २४ जीबी र ५०० रुपैयाँमा ३५ जीबी डेटा उपलब्ध हुने टेलिकमले जनाएको छ ।

२४ जीबी डेटामध्ये २० जीबी डेटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ईलर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डेटा अन्य कुनैपनि एप्लिकेसनमा प्रयोग गर्न सकिनेछ ।

यसैगरी ३५ जीबीको अर्को प्याकेजमा ३० जीबी डेटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ईलर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डेटा अन्य कुनैपनि एप्लिकेसनमा उपयोग गर्न सकिने गरी टेलिकमले यो प्याक उपलब्ध गराएको थियो ।

तर, अब भने यो प्याक सबैले प्रयोग गर्न सकिनेछ । यसअघि यो प्याक लिन स्कुल कलेजबाट ईमेल वा वेबसाइटमा रजिस्ट्रेशन गर्नु पर्ने छैन।

तर अब भने कलेजबाट ईमेल वा वेबसाइटमा रजिस्ट्रेशन लगायतका कुनै प्रक्रिया अपनाउनु नपर्ने टेलिकमले जनाएको छ । योसँगै टेलिकमका प्रयोगकर्ताले सस्तो मूल्यमा यो प्याक प्रयोग गर्न पाउने भएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३