close

वेस्टर्न युनियनको ‘दशैंको सौगात’, भाग्यशाली विजेतालाई १० लाख पुरस्कार

टेकपाना टेकपाना

कात्तिक २, २०७७ १७:१९

वेस्टर्न युनियनको ‘दशैंको सौगात’, भाग्यशाली विजेतालाई १० लाख पुरस्कार

काठमाडौं । रेमिट्यान्स कम्पनी वेस्टर्न युनियनले ‘दशैंको सौगात’ प्रवर्द्धन योजना ल्याएको छ । चाडबाडलाई लक्षित गरी ल्याइएको यो योजनाअन्तर्गत कात्तिक १ देखि मंसिर २७ गतेसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सकिनेछ ।

यो प्रवर्द्धनमा सहभागी हुन नेपालका ग्राहकहरुले वेस्टर्न युनियनका एजेन्ट लोकेसन– अन्नपूर्ण ट्राभल, सिजी फिन्को, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक रेमिट्यान्स र सूर्य रेमिटबाट रकम प्राप्त गरेको हुनुपर्नेछ ।

सम्पूर्ण योग्य कारोबार स्वचालित रुपमा साप्ताहिक ड्रमा समावेश हुनेछ । यो योजनाअन्तर्गत हरेक हप्ता १० जना भाग्यशाली विजेताले २५ हजार जित्नेछन् । यो योजना डिसेम्बर १२ तारिखसम्म लागू हुनेछ ।

यसबाहेक प्रवर्द्धन अवधिभर सम्पूर्ण योग्य कारोबारहरु (साप्ताहिक विजेताको कारोबारबाहेक) स्वचालित रुपमा बम्पर लक्की ड्रमा समावेश हुनेछ । यसमा १ जना भाग्यशाली विजेताले १० लाख नगद जित्न सक्नेछन् ।

लक्की ड्रको विजेता १६ डिसेम्बरमा घोषित गरिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३