close

चाडबाडमा ईसेवाको उत्सवको बहार, हप्तैपिच्छे उपहार

टेकपाना टेकपाना

कात्तिक ३, २०७७ १७:५१

चाडबाडमा ईसेवाको उत्सवको बहार, हप्तैपिच्छे उपहार

काठमाडौं । नेपालीहरूको चाड दशैँ, तिहार र छठलाई लक्षित गर्दै नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ईसेवाले ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ नामक योजना सार्वजनिक गरेको छ ।

यस उपहार योजना अन्तर्गत बम्पर उपहारमा एकजना भाग्यशाली विजेताले टीभीएस अपाची आरटीआर मोटरसाइकल जित्न सक्नेछन् भने एक हजारभन्दा बढीले विभिन्न किसिमका आकर्षक उपहार कुपन प्राप्त गर्नेछन् ।

यो योजना आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ । यो अवधिमा ईसेवा मार्फत भुक्तानी गर्ने हरेक व्यक्तिमध्येबाट गोलाप्रथा गरी विजेता घोषणा गरिनेछ । विजेताहरू हरेक हप्ता सार्वजनिक गरिनेछ भने योजनाको अन्तिममा एक जना भाग्शाली विजेता छानिनेछ ।

यस उपहार योजनामा ईसेवाले एमएसओ, मिनिसो, केकेएफसी, टिएफटी, दराज, बेननेभिज, एसिडिसी, भोज, भिजन तथा ग्यापुजस्ता चर्चित ब्राण्डसँग सहकार्य गरेको छ ।

ईसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

ईसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ईसेवामा सहजै रकम जम्मा गर्न तथा ईसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३