close

रिचार्जरको दशैं अफर, विद्युतीय सामग्रीमा ३० प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

कात्तिक ३, २०७७ २१:१६

रिचार्जरको दशैं अफर, विद्युतीय सामग्रीमा ३० प्रतिशतसम्म छुट

काठमाडौं । मोबाइल एप रिचार्जरले बडा दशैंलाई लक्षित गर्दै दशैं बोनान्जा अफर सुरु गरेको छ ।प्रयोगकर्तालाई लक्षित गर्दै रिचार्जरले आकर्षक छूट सहितको अफर ल्याएको हो ।

दशैंको किनमेल गर्नेहरुका लागि सस्तो मूल्यमा सामान उपलब्ध गराउने भन्दै रिचार्जरले ल्याएको यो अफर कात्तिक १ देखि सुरु भएको हो । अफरअन्तरगत रिचार्जरबाट विद्युतीय सामान अर्डर गर्दा ३० प्रतिशतसम्मको छूट पाउन सकिने बताइएको छ ।

त्यसैगरी विभिन्न किसिमका मोबाइलको खरिदमा आकर्षक छूटसँगै किस्ताबन्दीको व्यवस्था समेत गरिएको छ । रिचार्जरबाट १२ बोत्तल बियर अर्डर गर्दा १ बोत्तल निःशुल्क उपलब्ध हुनेछ ।

रिचार्जरले लत्ता कपडाका साथै दैनिक उपभोग्य समानमा पनि भारी छूटमा उपलब्ध गराइरहेको ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए । काठमाण्डौं भ्याली कोल्डस्टोरसँगको सहकार्यमा रिचार्जरले सुपथ मूल्यमा फ्रोजन फूड पनि उपलब्ध गराउने छ ।

कतिपय सामग्री खरिदमा ‘बाइ वान गेट वान फ्रि’ को अफर समेत सञ्चालन हुने बताइएको छ । यो अफरमा १८ महिनासम्मको किस्ताबन्दीमा सामग्री किन्न सकिने छ ।

अफरमा अर्डर गरिएका सामग्री उपत्यकामा २४ घण्टाभित्र डेलिभरी हुने कम्पनीले जनाएको छ ।
रिचार्जरले आठ घण्टासम्म हात निर्मलीकरण गराउने स्यानिटाइरको बुकिङ समेत सुरु गरेको छ ।

उक्त स्यानिटाइजर एक पटक प्रयोग गरेपछि आठ घण्टासम्म हात किटाणू मुक्त हुने भएकाले पटक पटक स्यानिटाइजर प्रयोग गर्नु पर्ने बाध्यता नहुने दाबी कम्पनीको छ । रिचार्जरले किटाणू नाश गर्ने बायोटेक मास्कको बिक्री वितरण समेत गरिरहेको छ ।

उक्त मास्कमा प्रयोग गरिएको डिस्इन्फेक्सन रसायनले मास्कबाटै संक्रमण फैलाउन सक्ने सम्भावित किटाणूको नास गर्नेछ । यसका साथै कोरोना संक्रमण नियन्त्रणका लागि रिचार्जरले सुपथ मूल्यमा मास्क, पञ्जा, थर्मल गन, स्यानिटाइजर, प्रोटेक्सन किट्स लगायतका स्वास्थ्य सुरक्षाका सामग्रीहरु उपलब्ध गराउँदै आएको छ ।

यसका साथै बीमा, बिजुली, इन्टरनेट, टिभीलगायत सेवाको महसुल भुक्तानी गर्दा रिचार्जरले २० प्रतिशत क्यास प्वाइन्ट दिँदै आएको छ । गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरी अकाउण्ट खोल्दा पनि क्यास प्वाइन्ट पाउन सकिनेछ ।

यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ । यसरी पाइने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान किन्दा छूटको रुपमा प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३