close

तपाईंले प्रयोग गर्न बिर्सिएको एन्ड्रोइडको दमदार प्राइभेसी फिचर

टेकपाना टेकपाना

कात्तिक ५, २०७७ १६:२

तपाईंले प्रयोग गर्न बिर्सिएको एन्ड्रोइडको दमदार प्राइभेसी फिचर

काठमाडौं । एन्ड्रोइड अपरेटिङ सिस्टमभित्र कति धेरै उपयोगी फिचरहरु छन्, जसलाई हामीले प्रयोग गर्न भुलेर या नजानेर यत्तिकै छोडिदिएका छौं । 

एन्ड्रोइड वर्षैपिच्छे विस्तारै बलियो र बढीभन्दा बढी बढी सुविधासहित आउने गरेको छ । यसकाे अर्थ नयाँ र अत्याधुनिक फिचर एन्ड्रराेइड अपरेटिङ सिस्टममा समावेश भइरहेका छन् ।

यस्तो अवस्थामा कति धेरै पुराना फिचरहरुलाई हामीहरुले बेवास्ता गरिरहेका हुन्छौं । यस्तै फिचरमध्येको एउटा फिचर हो, एन्ड्रोइड गेस्ट मोड । यस फिचरलाई एन्ड्रोइडले आफ्नो ५.० भर्सनमा २०१४ मा सार्वजनिक गरेको हो ।

गेस्ट मोड तपाईंले कहिल्यै पनि प्रयोग गर्नु भएको छैन भने आज थाहा पाइराख्नुहोस् । यसले फोनलाई अन डिमाण्ड ब्ल्याङ्क स्लेट स्टेटमा स्विच गरिदिन्छ ।

तपाईंको पर्सनल एप, अकाउन्ट र डेटा सबै सुरक्षित रुपमा लुक्छन् । यो इनकग्निटो मोड जस्तै हुन्छ । यसले तपाईंको पुरै फोनलाई कब्जा गरिदिन्छ । सबै नियमित स्टफहरु फोनबाट अन डिमाण्ड हराएर जान्छन् । तर तपाईंको स्मार्टफोनमा कुनै असर पर्दैन । 

यसको प्रभाव भने व्यापक छ । वास्तवमा तपाईंको फोनलाई हुने सबैभन्दा ठूलो खतरा भनेको कुनै चल्तीकाे माल्वेयर अट्याक होइन । वास्तवमा यो त तपाईंकै आफ्नो हेलच्याक्र्याईं नै हो । 

तपाईंले आफ्नो फोनको गोपनीयतालाई संरक्षण गर्न जतिसुकै फोन सेक्युरिटी टुलहरु प्रयोग गरे पनि यदि तपाईंको फोन गलत व्यक्तिको हातमा पर्‍यो भने उसले संवेदनशील तथा गोप्य कुरामा पहुँच पुर्‍याउन सक्छ ।

यस्तो बेला एन्ड्रोइडको गेस्ट मोड नै सबैभन्दा उपयुक्त र उत्कृष्ट हुन सक्छ । तपाईंको फोनमा यो छ भने जुनसुकै समय यसलाई प्रयोग गर्न सक्नुहुन्छ । 

तर यी फिचरहरु प्रयोग गर्नुअघि आफ्नो फोनलाई तपाईंले राम्रोसँग सेटअप गर्नुपर्दछ । किनभने आजभोलिका कुनै कुनै भर्सन र फोनमा यस्ता फिचरहरु ‘बाइ डिफल्ट’ नै डिसेबल गरिएका हुन्छन् । यदि तपाईं सामसङ प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंले यसलाई प्रयोग गर्न सक्नुहुन्न ।

सामसङले आफ्नो सफ्टवेयरबाट यसलाई हटाइदिएको छ । गुगलको आफ्नै पिक्सल फोन र एन्ड्रोइडका अन्य डिभाइसहरुमा यो तयार हुन २० सेकेण्ड लाग्छ । 

यसलाई प्रयोग गर्न सबैभन्दा पहिले फोन सेटिङको सिस्टम सेक्सन खोल्नुहोस् । अब ‘मल्टिपल युजर्स’ ट्याप गरेपछि ‘एडभान्स’ मा ट्याप गर्नुहोस् ।

यदि तपाईंको फोनमा एन्ड्रोइडको पुरानो अरेन्जमेन्ट जस्तो छैन र माथि भनेको जस्तो प्रक्रियाको अप्सन तपाईको फोनमा देखिएन भने तपाईंले सिधै फोन सेटिङमा ‘गेस्ट मोड’ टाइप गर्न सक्नुहुन्छ । यसका लागि तपाईको एन्ड्रोइड भर्सन ५.० वा त्यो भन्दा नयाँ हुनुपर्छ  । 

यति गरिसकेपछि एन्ड्रोइड गेस्ट मोड तयार हुन्छ । अब तपाईंले आफ्नो फोन साथीभाई सहकर्मी र परिवारका सदस्य जसलाई पनि ढुक्कसाथ जिम्मा दिन सक्नुहुन्छ । 

गेस्ट मोड एक्टिभेट गर्ने तरिका 

१. फूल क्विक सेटिङ प्यानल खोल्न स्क्रिनको माथिल्लो भागदेखि दुईपटक तलतिर स्वाइप गर्नुहोस् । 

२. अब युजर प्रोफाइल पिक्चर (गोलो पर्सन आइकन) ट्याप गर्नुहोस् । यो प्यानलको तल्लो दायाँ भागमा सेटिङ आइकनसँगै हुनेछ । 

३. अब स्क्रिनमा देखिने ‘एड गेस्ट’ अप्सनमा ट्याप गर्नुहोस् । 

जब तपाईको फोन गेस्ट मोडमा स्विच गरिरहेको हुन्छ तब तपाईंको फोनले त्यसको जानकारी दिन्छ । केही समयपछि तपाईं एउटा जेनेरिक लुक्स भएको होम स्क्रिनमा प्रवेश गर्नुहुन्छ, जहाँ तपाईंको बेसिक सिस्टम एप मात्र हुनेछन् ।

यदि तपाईंले जिमेल, ड्राइभ वा डक्स केही खोल्नुभयो भने तपाईंले पहिले साइनईन गर्नुपर्दछ । यसले तपाईंको फोनलाई ब्राण्ड न्यु फोन जस्तै बनाइदिन्छ । तब तपाईंले कुनै पनि पुराना चिजहरु पाउन सक्नुहुँदैन । 

तर यदि गेस्ट मोडलाई एक्जिट गरेर पुरानो अवस्थामा फर्किने हो भने तपाईंले माथिकै दुई प्रक्रियालाई पुन दोहोर्‍याउनु पर्दछ । तर अन्त्यमा मेनुबाट ‘रिमुभ गेस्ट’ सेलेक्ट गर्नुपर्दछ । यति गरिसकेपछि तपाईंको फोन पुरानै अवस्थामा फर्किन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३