close

थप ४ स्थानमा विस्तार भयो डिशहोमको इन्टरनेट, कुन कुन ठाउँमा छ सेवा ?

टेकपाना टेकपाना

कात्तिक ६, २०७७ १६:३७

थप ४ स्थानमा विस्तार भयो डिशहोमको इन्टरनेट, कुन कुन ठाउँमा छ सेवा ?

काठमाडौं । डीटीएच सेवा प्रदायक कम्पनी डिशहोमले गत फेब्रुअरी देखि इन्टरनेट सेवामा समेत हात हालेको छ । कम्पनीको फाइबर इन्टरनेट हाल उपत्यकाका बिभिन्न चार नयाँ ठाउँमा विस्तार भइसकेको छ ।

कम्पनीका अनुसार अब जडिबुटी, पेप्सीकोला, काँडाघारी र बागडोलमा समेत कम्पनीको एफटीटीएच सेवा उपलब्ध भएको छ।प्रयोगकर्तामाझ उच्च गतिको इन्टरनेट सेवाको माग बढ्दै गएको र इन्टरनेटसँगै टेलिभिजन दिने होड चलेपछि कम्पनीले यो सेवामा हात हालेको हो ।

डिशहोमले आफ्ना डीटीएच प्रयोगकर्ताहरुलाई छिटो, छरितो, सस्तो, किफायती र भरपर्दो सेवाको दिन कम्पनी प्रतिबद्ध रहेको जनाएको छ । आफ्नो फाइबरनेटलाई छनौट गर्नुको अर्थ ग्राहकका लागि आफ्नो समुदायको भविष्यमा लगानी गरेको कम्पनी छनौट गर्नु सरह हुने कम्पनीको दाबी गरेको छ ।

कम्पनीले सिम टिभीसँगको सहकार्यमा आफ्नो इन्टरनेट सेवा सुरु गरेको हो । डिशहोम फाइबरनेटले प्रयोगकर्तामाझ बढ्दो वायरलेस उपकरणहरुको प्रयोगले गर्दै देशलाई संचार सेवाहरुमा थप आधुनिकीकरण गर्न सक्षम बनाउने कम्पनीको भनाई छ ।

डिशहोमले भैंसेपाटी, बुंग्मती, छम्पी, चाबहिल, कपन, बौद्ध र जोरपाटीमा यस अघि देखि नै फाइबरनेट उपलब्ध गराइरहेको छ । काठमाडौं उपत्यकाको रिङरोड भित्र र बाहिर अन्य स्थानमा यसै वर्ष आफ्नो सेवा विस्तार गर्ने डिशहोमले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०