काठमाडौं । विश्वको ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सामसङका अध्यक्ष ली कुन हीको निधन भएको छ । ७८ वर्षको उमेरमा आज उनको निधन भएको हो ।
लीले आफ्नो बुबाले सुरु गरेको सानो व्यवसायलाई विस्तार गरी आजको सामसङको साम्राज्य खडा गरेको हुन् । ली सामसङ ग्रुपका संस्थापक ली ब्याङ चउलका साइँला छोरा थिए । उनको कार्यकालमा सामसङ आज विश्वको सबैभन्दा ठूलो टेक कम्पनीका रुपमा स्थापित भएको छ ।
दक्षिण कोरियाका सबैभन्दा धनी व्यक्ति समेत रहेका उनको सम्पत्ति २१ बिलियन डलर रहेको फोर्ब्सले जनाएको छ । सामसङका अनुसार उनको निधन आइतबार घरमै भएको हो । उनकाे निधन के कारणले भएको हो भन्ने विषयमा भने उल्लेख नभएकाे बीबीसीले जनाएको छ ।
सने २०१४ मा हटअट्याक भएका कारण उनलाई निरन्तर रुपमा पारावारिक हेरचाहमा राखिएको थियो । ‘उहाँको योगदान र आजसम्मको यात्राको लागि हामी सँधै सम्झिरहने छौ,’ सामसङले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।